२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

भ्रष्टाचारबिरुद्धको दोस्रो राष्ट्रिय रणनीति तथा कार्ययोजना निर्माण हुँदैछ : उपप्रधानमन्त्री सिंह

सोमवार , मंसिर २४, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले भ्रष्टाचार नियन्त्रणमा राज्य अझ बढी सक्रिय जरुरी देखिएको बताएका छन् ।

भ्रष्टाचारबिरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सोमवार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रविधिको विकाससँगै भ्रष्टाचारको स्वरुप पनि जटिल हुँदै गएकाले राज्य अझ बढीइ सक्रिय हुनुपर्ने बताए । उनले भ्रष्टाचार संगठित अपराध भएकाले भ्रष्टाचारले प्रजातान्त्रिक संस्थाहरुलाई पनि कमजोर पार्ने बताए ।

उनले भ्रष्टाचारले घुसखोरी र अनियमिततालाई बढवा दिएर आर्थिक विकासलाई सुस्त बताए । उनले भ्रष्टाचारले निर्वाचन प्रणालीलाई प्रभावित पार्ने, राजनीतिक अस्थिरता निम्त्याउने काम गर्ने भन्दै समस्याको पहिचान गरी समस्या समाधान गर्नको लागि साझा प्रयास आवश्यक भएको उल्लेख गरे ।

उनले सुशासन कायम गरी सेवाग्राहीहरुलाई सर्वसुलभ ढंगबाट सेवा प्रवाह गर्नु राज्यको प्रमुख दायित्व भएको र सुशासनको लागि भ्रष्टाचार नियन्त्रण र सदाचारको प्रवद्र्धन अनिवार्य शर्त रहेको बताए ।

उनले भ्रष्टाचार नियन्त्रण गरी सभ्य समाज निर्माण गर्ने कार्यमा राज्यको सबै जिम्मेवार संयन्त्र, निकाय र पदाधिकारीहरुले गम्भीरतापूर्वक आफ्नो दायित्वलाई अझ बढी जिम्मेवारीका साथ निर्वाह गर्न प्रतिवद्ध हुनुपर्ने बताए ।

उपप्रधानमन्त्री सिंहले राज्यको विद्यमान संरचनाअनुरुप भ्रष्टाचार रोकथामका लागि तीन वटै तहका सरकारका भुमिकालाई स्पष्ट गर्न नेपाल सरकारले भ्रष्टाचार बिरुद्धको दोस्रो राष्ट्रिय रणनीति तथा कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्ने तयारी गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट