आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

एमाले उपाध्यक्ष ज्ञवाली भन्छन् : पार्टी छाड्ने प्रवृत्ति बढ्यो

एमाले उपाध्यक्ष ज्ञवाली भन्छन् : पार्टी छाड्ने प्रवृत्ति बढ्यो

भद्रपुर (झापा) । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीभित्र व्यक्तिगत स्वार्थ पूरा नहुँदा पार्टी छाड्ने र निष्क्रिय हुने प्रवृत्ति बढेको विषयमा चिन्ता व्यक्त गरेका छन् ।

झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा आज आयोजित पार्टीका नेता कार्यकर्ताहरूको बृहत् भेलामा ज्ञवालीले नेता, कार्यकर्ताले पार्टीका आधिकारिक बैठकबाहेक अन्यत्र गएर बोल्ने प्रवृत्तिले पार्टी अनुशासनमा चुनौती ल्याएको उल्लेख गरे ।

उनले नेता र कार्यकर्तालाई मितव्ययी, इमानदार र सच्चा कम्युनिष्टको परिचय दिन निर्देशन दिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend