२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

काँग्रेसकै गृहमन्त्रीका पालामा रबिमाथि तानाशाही व्यवहार हुनु दुर्भाग्यपूर्ण: सांसद शर्मा

सोमवार , मंसिर २४, २०८१

काठमाडौँ -  प्रतिनिधि सभा सदस्य एबंम सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा सुनिल शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसको गृहमन्त्रीकै कार्यकालमा तानाशाही व्यवहार हुनु दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।

उनले अनुसन्धानलाई निष्पक्ष र छिटो सम्पन्न गरी न्यायालयमार्फत न्यायिक प्रक्रिया अघि बढाउन माग गरेका छन् । 'न्यायालयको निर्णयलाई सबै पक्षले स्वीकार गर्नुपर्नेमा प्रहरी हिरासतको लम्बिँदो श्रृङ्खलाले गम्भीर शंका उत्पन्न गरेको समेत बताएका छन्  । यस्तो स्थितिले राज्यप्रतिको विश्वास खस्काउन सक्छ, जुन लोकतान्त्रिक मूल्य मान्यताका लागि हानिकारक छ । त्यसैले यो विषयलाई शीघ्र अदालती प्रक्रियामा लगेर समाधान गर्न शर्माले सरकारसंग अनुरोध गरेका छन्।

त्यस्तै शर्माले लामिछानेलाई लामो समयदेखि राज्य नियन्त्रित प्रहरी हिरासतमा राखेर भइरहेको अनुसन्धानप्रति ध्यानाकर्षण भएको भन्दै कुनै पनि व्यक्तिलाई अनुसन्धानको नाममा अनावश्यक धरपकड गर्ने, बिरामी हुँदा पनि अस्पताल जान नदिने, उपचार पाउने नागरिक अधिकारमा बन्देज लगाउने र मानसिक तनाव दिने जस्ता कार्य स्वीकार्य नसक्ने  जनाएका छन्  ।

सांसद डा. शर्मा संघीय संसदकाे तलब भत्ता नलिने एक मात्र सांसद हुन। उनले नेपालमा लाभको पद लिने सबै र नेपाली कांग्रेसकै पनि उच्च तहका नेताहरुको सम्पति छानबिनको माग गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट