२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

यु–१९ एसिया कपका लागि पूजा महतोको कप्तानीमा टोली घोषणा

मंगलवार , मंसिर २५, २०८१

काठमाडौँ । एसिसी महिला यु–१९ एसिया कपका लागि नेपाली टोली घोषणा गरिएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार एसिसी महिला यु–१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा गरेको हो ।

पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो । टोलीको उपकप्तानमा सोनी पाख्रिन तथा अन्य खेलाडीमा, साना प्रवीन, ज्यात्स्निका मरासिनी, कुसुम गोदार, एलिशाकुमारी यादव, सावित्री धामी, कृष्मा गुरुङ, तिर्सना विश्वकर्मा, किरणकुमारी कुँवर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा र अनु कडायत छन् ।

महिला यु–१९ एसिया कप यही मङ्सिर ३० देखि आगामी पुस ७ गतेसम्म मलेसियामा हुँदैछ । गत कात्तिकमा युनाइटेड अरब इमिरेट्स (युएई)मा भएको आइसिसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको थियो । सोही प्रतियोगिताबाट नेपालले एसिया कपमा पनि स्थान बनाएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट