२०८३, श्रावण ८ गते

शुक्रवार, श्रावण ८ गते २०८३

आज २०८३ साल साउन ८ गते शुक्रबार, आजको राशिफल कस्तो छ ?

शुक्रवार , श्रावण ८, २०८३

काठमाडौं । २०८३ साल साउन ८ गते शुक्रबार सन् २०२६ जुलाई २४ तारिख। असार शुक्ल पक्षको दशमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । आजको राशिफल कस्तो छ हेरौं । 

मेष : आजको दिन राम्रो देखिएको छैन । स्वास्थ्यमा समस्या हुनेछ। शिक्षामा ढिलासुस्ती हुनेछ। बोल्दा सचेत बन्नु पर्नेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। विपक्षीसँगको प्रतिस्पर्धामा तपाईंको जित हुनेछ।

वृष : गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा पहुँच विस्तार हुनेछ। परिवारले साथ दिनेछ। ठुला व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन राम्रो छ। सञ्चित धन खर्च हुनेछ। राजनीतिमा लगानी गरेको भए फाइदा हुनेछ। पश्चिमको यात्रा नगर्नु उचित हुन्छ। परिवारमा रमाइलो भेटघाट हुनेछ।

कर्कट : प्रतिभा प्रदर्शन गर्ने दिन छ। मानसम्मान प्राप्त हुनेछ । प्रशंसा गर्नेहरु बढ्नेछन्। परिवारमा घुमघामको तय हुनेछ। मन मिल्ने साथीसँग भेट हुनेछ ।

सिंह : बोलीको प्रभावले सम्बन्धमा समस्या हुनेछ। अनावश्यक यात्रा हुनेछ। खर्च बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

कन्या : दिन राम्रो छ। अरुको झगडाले तपाईंलाई फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा भन्दा विदेशमा गरेको लगानीबाट उत्साह बढ्नेछ। जग्गाको कारोबारबाट नाफा आर्जन हुनेछ।

तुला : धनलक्ष्मी योग परेको छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। बोल्दा सचेत बन्नुपर्ने दिन छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

वृश्चिक : आज सोचेका काम बन्ने योग परेको छ । शिक्षा क्षेत्रको लगानीले उत्साहित बनाउने छ। विपक्षी बौद्धिक भएकाले सचेत भएर काम गर्नुपर्ने छ। धार्मिक क्षेत्रमा सक्रिय भएमा नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन सामान्य छ। सानो कुरामा अवरोध हुनेछ। अरुको गलत निर्णयको फन्दामा पर्ने जोखिम छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। हरेक काममा थप मिहिनेत गर्नुपर्ने छ ।

मकर : दिन राम्रो छ। हरेक क्षेत्रमा प्रगति हुनेछ। परिवारसँग रमाइलो घुमघाम हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त र खुशी बन्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : सञ्चित धन खर्च हुनेछ। तर साथीभाइसँगको भेटले मनमा खुसी मिल्नेछ । कुनै शुभ समाचार सुन्न पाइनेछ । व्यापारमा नाफा हुनेछ । परीक्षा लेखेको भए नतिजा तपाईँको पक्षमा आउने छ ।

मीन : शिक्षाको लगानीबाट फाइदा हुनेछ। सहकार्य गरेका साथीले विरोध गर्ने हुँदा व्यवहारमा सचेत बन्नुपर्ने छ। स्वास्थ्यले साथ दिनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट