काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज बिहान भएको खेलमा लुम्बिनी लायन्सले चितवन राईनोजलाई १ सय ६८ रनको लक्ष्य दिएको छ ।
निर्धारित २० ओभरमा लुम्बिनीले ६ विकेट गुमाउदै १ सय ६७ रन बनायो ।
कप्तान रोहितकुमार पौडेल र पाकिस्तानी ब्याटर साद बिन जाफरबीच सतकीय साझेदारी भएको थियो ।
पौडेलले ८० रन बनाए भने जाफरले ५२ रन जोडे । ओपनर आसुतोष घिरइयाले ७ बलमा १ रन बनाएर आउट भए ।
दुई ब्याट्सम्यान छिट्टै गुमाएपछि रोहतले अर्जुन साउदसँग ३७ रनको साझेदारी गर्दै टिमलाई अगाडि बढाएका थिए । साउद १२ बलमा १५ रन जोडेर आउट भए ।
५ बलमा १० रन हानेका मुर्सलाई चितवनका कप्तान कुशल मल्लले आउट गरे ।
४९ रनमा ४ विकेट गुमाएको अवस्थाबाट पौडेललाई पाकिस्तानी ब्याटर साद बिन जाफरले बलियो साथ दिए । यो जोडीले चितवनमाथि १११ रनको शतकीय साझेदारी गर्यो ।
चितवनका रिजन ढकालले तीन विकेट लिए । कप्तान कुशल मल्ल र रन्जित कुमारले १–१ विकेट बाँडे ।
प्रतिक्रिया दिनुहोस