२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

रोहित पौडेलको सानदार प्रदर्शनमा लुम्बिनीले निकाल्यो पहिलो जित

मंगलवार , मंसिर २५, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले पहिलो जित हात पारेको छ । आज भएको पहिलो खेलमा कप्तान रोहित पौडेलले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेपछि लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले हराउँदै पहिलो जित हात पारेको हो ।

रोहितले ब्याटिङमा ८० रन बनाए भने बलिङमा ४ विकेट लिए । पहिलो जितपछि लुम्बिनीले पाँचौ खेलमा अंक खाता खोलेको छ ।

लुम्बिनीले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३४ रन मात्र बनाउँन सक्यो ।

लुम्बिनीका कप्तान रोहित पौडेल ४ विकेट लिए । उनले १७ रन दिए । रेमोन सिमोन्डले २ विकेट झारे । साद विन जफर र अविशेष गौतमले समान एक विकेट लिए ।

वेन केनस्टाइनले बनाएको ३१ रन नै चितवनका लागि सर्वाधिक रह्यो । उनले २९ बलमा ३ चौका र १ छक्का प्रहार गरे। नर बहादुर कार्की २२ र रिजन ढकाल २२ रनमा नटआउट रहे । कुशल मल्लले २० रन थपे । रवि वोपारा १२ रन बनाउँदै आउट भए ।

यसअघि निर्धारित २० ओभरमा लुम्बिनीले ६ विकेट गुमाउदै १ सय ६७ रन बनायो ।

कप्तान रोहितकुमार पौडेल र पाकिस्तानी ब्याटर साद बिन जाफरबीच सतकीय साझेदारी भएको थियो ।

पौडेलले ८० रन बनाए भने जाफरले ५२ रन जोडे । ओपनर आसुतोष घिरइयाले ७ बलमा १ रन बनाएर आउट भए ।

दुई ब्याट्सम्यान छिट्टै गुमाएपछि रोहतले अर्जुन साउदसँग ३७ रनको साझेदारी गर्दै टिमलाई अगाडि बढाएका थिए । साउद १२ बलमा १५ रन जोडेर आउट भए ।

५ बलमा १० रन हानेका मुर्सलाई चितवनका कप्तान कुशल मल्लले आउट गरे ।

४९ रनमा ४ विकेट गुमाएको अवस्थाबाट पौडेललाई पाकिस्तानी ब्याटर साद बिन जाफरले बलियो साथ दिए । यो जोडीले चितवनमाथि १११ रनको शतकीय साझेदारी गर्यो ।

चितवनका रिजन ढकालले तीन विकेट लिए । कप्तान कुशल मल्ल र रन्जित कुमारले १–१ विकेट बाँडे ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट