logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • पूर्वप्रधानमन्त्री भट्टराई भन्छन् :  ओलीलाई गणतन्त्र कार्यान्वयन गर्न दिनु बाँदरलाई मकै कुर्न दिएजस्तो (भिडियो) 

    पूर्वप्रधानमन्त्री भट्टराई भन्छन् :  ओलीलाई गणतन्त्र कार्यान्वयन गर्न दिनु बाँदरलाई मकै कुर्न दिएजस्तो (भिडियो) 

    3.9K
    Shares

    पुस १३ काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले केपी शर्मा ओलीलाई गणतन्त्र कार्यान्वयन गर्न दिनु बाँदरलाई मकै कुर्न दिएजस्तो भएको टिप्पणी गरेका छन् । उनले गणतन्त्र र संविधानको विरोधि ओली सत्तामा पुगेर देश लथालिङ्ग बनाएको बताएका हुन् । 

    सुनौलो नेपालसँगको कुराकानीका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान मिचेर खारेज गरेको संसद पुन जनताका प्रतिनिधिले सुचारु गर्नुपर्ने नै अबको एकमात्र विकल्प भएको बताएका हुन् । 

    उनले भने, ‘देश फाँसिवादको अवस्थामा पुगिसकेको छ । यस्तो अवस्थामा पर्खने र हेर्ने अवस्था नभएकाले अब तुरुन्त सम्पूर्ण शक्तिलगाएर प्रतिनिधिसभाको बैठक बसिहाल्नुपर्छ ।’ 

    पूर्वप्रधानमन्त्री भट्टराईले केपी ओलीसँग जाने मानिसहरुको संख्या केही भए पनि बहुसंख्यक सांसदहरु बाँकी भएकाले अब प्रतिनिधिसभा पुनः ब्यूँताउनका लागि पहल गरिनुपर्नेमा जोड दिए । आफ्नो पालामा सत्ता सुम्पिएर चुनाव गराउन आग्रह गरेको स्मरण गर्दै अहिले परिस्थिति त्यस्तो नभएको उनले बताए । उनले भने ‘यो संविधानमा जनता सार्वभौम छन् । यो कुरा संविधानमा नै उल्लेख भइसकेको छ । जनतामा सार्वभौमसत्ता भएको हुनाले यसको अर्थ प्रतिनिधिसभामा सार्वभौमसत्ता रहन्छ । त्यसकारण जनप्रतिनिधिले नै यसलाई पहल गरेर सुचारु गर्न सक्छौँ ।’ 

    प्रधानमन्त्रीको पछिल्लो कदमको बारेमा भट्टराईले अलोकतान्त्रिक, असंवैधानिक र संविधानको सरासर हत्या भएको भनि टिप्पणी गरेका हुन् ।

    विश्वमा वर्तमान समयमा पुँजीवादी प्रणाली र साम्यवादी प्रणालीभन्दा अगाडि बढेको समावेशीता र सहभागितामुलक लोकतन्त्रमा आधारित नयाँ समाजवादी प्रणालीको खोज विश्वमा भइरहेको यस्तो अवस्थामा नेपालमा यस किसिमको राजनीतिक अस्थिरता सँधैको लागि अन्त्य गर्न पनि अग्रसर बन्नुपर्ने उनको भनाइ छ । 

    केपी ओली देशका लागि एक कुपात्र भएको र उनका विरुद्ध सबै पार्टी एक भएर अगाडी बढ्नुपर्ने अवस्था आएको पनि उनले बताएका छन् । उनले भने, ‘देश अहिले अँध्यारो सुरुङमा प्रवेश गरेको छ ।’

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend