शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई दियो १०४ रनको लक्ष्य

पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई दियो १०४ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले पोखरा एभेन्जर्ससबाट १०४ रनको लक्ष्य पाएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णालीलाई १०४ रनको लक्ष्य दिएको हो । टस जितेर ब्याटिङ गरेको पोखरा १६.३ ओभरमा १ सय ३ रनमा समेटियो ।

पोखराले १६ दशमलव ३ ओभरमा मात्र १०३ रन बनाउन सक्यो ।

पोखराका लागि दिनेश खरेलले सर्वाधिक २६ रन बनाउँदा आन्द्रेस गोसले २५ रन जोडे । रेमन रेइफरले २० रनको योगदान पुर्या‍उँदा कप्तान कुशल भुर्तेल र विपिन खत्रीले समान १०–१० रन बनाए ।

दिलिप नाथले ३ रन जोड्दा आकाश चन्द, माइकल लिस्कले समान २–२ र नारायण जोशी १ रनमा पभेलियन फर्किए ।

कर्णालीका विलियम बोसिस्टोले सर्वाधिक ६ विकेट लिए । कप्तान सोमपाल कामी, युनिश सिंह ठकुरी र विपिनप्रसाद शर्माले समान १–१ विकेट लिए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend