शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

कर्णाली याक्सको तेस्रो जित, पोखरा एभेन्जर्स ७ विकेटले पराजित

कर्णाली याक्सको तेस्रो जित, पोखरा एभेन्जर्स ७ विकेटले पराजित

काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित हात पारेको छ । मंगलबारको दोस्रो खेलमा पोखरा कर्णाली याक्ससँग ७ विकेटले पराजित भएको हो ।

एनपीएलको चार खेलमा पोखराले ३ खेलमा हार र १ खेलमा मात्र जित निकाल्दै २ अंकमा छ । पोखरा २ अंकमा छैटौँ स्थानमा छ ।

पोखराले दिएको १ सय ४ रनको सामान्य लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । कर्णालीका लागि गुल्सन झा ४९ र विलियम बसिस्टो २ रनमा अविजित रहे । गुल्सनले ३७ बलमा ३ चौका र ४ छक्का प्रहार गरे ।

चाडविक वाल्टनले ४२ रन बनाए । उनले ३४ बलमा ६ चौका र १ छक्का प्रहार गर्दा कुशल भुर्तेलको बलमा बोल्ड आउट भए । ओपनर बाबर हायात ७ रन, देव खनाल शुन्य रनमा आउट भए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखरा १६।३ ओभरमा १ सय ३ रनमा समेटियो ।

पोखराका लागि दिनेश खरेलले सर्वाधिक २६ रन बनाउँदा आन्द्रेस गोसले २५ रन जोडे । रेमन रेइफरले २० रनको योगदान पुर्या‍उँदा कप्तान कुशल भुर्तेल र विपिन खत्रीले समान १०–१० रन बनाए ।

दिलिप नाथले ३ रन जोड्दा आकाश चन्द, माइकल लिस्कले समान २–२ र नारायण जोशी १ रनमा पभेलियन फर्किए ।

कर्णालीका विलियम बोसिस्टोले सर्वाधिक ६ विकेट लिए । कप्तान सोमपाल कामी, युनिश सिंह ठकुरी र विपिनप्रसाद शर्माले समान १–१ विकेट लिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend