२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

सुदूरपश्चिमले जनकपुरलाई दियो १२३ रनको लक्ष्य

बुधवार , मंसिर २६, २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १२४ रनको लक्ष्य दिएको छ ।

टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन मात्र बनाउन सक्यो ।

सुदूरपश्चिमका ओपनर विनोद भण्डारीले ३३ रनको योगदान दिए । सैफ २१ बलमा २१ रनमा आउट भएका थिए ।

सुदूरपश्चिमका हर्मित सिंह १, ब्रान्डन म्याकमुलेन ११, स्कट कुगेलेइन आरिफ शेख ६, नरेन साउद ३, कप्तान दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे १७ रनमा आउट भए । अभिनास बोहरा २ र नरेश बुढाएर ९ रनमा अविजित रहे ।

नेपालका किशोर महत्तोले ४, अरनिको यादव र शेर मल्लले २–२ विकेट लिए । क्यानडाका हर्ष थाकरले एक विकेट लिए । ४ ओभर बलिङ गरेका किशोरले ३५ रन खर्चेर विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट