logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • नेप्सेमा ५ कम्पनीका शेयर मूल्य समायोजन, कुनको कति ?

    नेप्सेमा ५ कम्पनीका शेयर मूल्य समायोजन, कुनको कति ?

    4.3K
    Shares

    काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार (आज) एकैदिन ५ कम्पनीको शेयरमूल्य समायोजन भएको छ ।नेप्सेमा आज नागरिक लगानी कोष, हिमालयन बैंक, लुम्बिनी विकास बैंक, मितेरी डेभलेपमेण्ट बैंक र एनएमबी लघुवित्त वित्तिय संस्था गरी पाँच कम्पनीको मूल्य समायोजन भएको छ  ।

    नागरिक लगानी कोषको ८२ दशमलव ८४ प्रतिशत हकप्रद शेयर पछि नेप्सेले प्रतिकित्ता २ हजार ७ सय ८४ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ५ हजार ८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।

    लुम्बिनी विकास बैंक लिमिटेडको ७ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता २ सय ४ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य २ सय १८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

    मितेरी डेभलपमेन्ट बैंकको १५ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ३ सय ३७ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ३ सय ८७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

    हिमालयन बैंकको १४ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ५ सय ६१ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ६ सय ३९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।

    त्यसैगरी, एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ९ सय ८४ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो ।नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य एक हजार १ सय ७१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend