
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सलाई काठमान्डु गुर्खाजले १०४ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.२ ओभरमा सबै विकेट गुमाएर १०३ रन बनाउँदै लुम्बिनीलाई १०४ रनको लक्ष्य दिएको हो ।
काठमान्डुका लागि स्टेफेन एस्किनाजीले १३, माइकेल लेविट ०, जेरार्ड इरासमस १, सुमित महर्जन ४, डान डाउथवेट २१, रशिद खान १, करण केसीले १ रन जोडे ।
त्यस्तै, भीम सार्कीले सर्वाधिक ३१ रन बनाए । साहव आलमले ८ रन र प्रतीक श्रेष्ठले २० रन बनाए ।
लुम्बिनीका लागि साद बिन जाफरले सर्वाधिक ३ विकेट लिए । रामोन सिमोन्ड्स र अभिशेष गौतमले २-२ विकेट बाँडे । सूर्य तामाङले विकेटको खाता खोले । विवेक यादवले पनि एक विकेट आफ्नो नाममा लेखाए ।
लुम्बिनीले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend