२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

काठमान्डु गुर्खाजले दियो लुम्बिनी लायन्सलाई १०४ रनको लक्ष्य

बुधवार , मंसिर २६, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सलाई काठमान्डु गुर्खाजले १०४ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.२ ओभरमा सबै विकेट गुमाएर १०३ रन बनाउँदै लुम्बिनीलाई १०४ रनको लक्ष्य दिएको हो ।

काठमान्डुका लागि स्टेफेन एस्किनाजीले १३, माइकेल लेविट ०, जेरार्ड इरासमस १, सुमित महर्जन ४, डान डाउथवेट २१, रशिद खान १, करण केसीले १ रन जोडे ।

त्यस्तै, भीम सार्कीले सर्वाधिक ३१ रन बनाए । साहव आलमले ८ रन र प्रतीक श्रेष्ठले २० रन बनाए ।

लुम्बिनीका लागि साद बिन जाफरले सर्वाधिक ३ विकेट लिए । रामोन सिमोन्ड्स र अभिशेष गौतमले २-२ विकेट बाँडे । सूर्य तामाङले विकेटको खाता खोले । विवेक यादवले पनि एक विकेट आफ्नो नाममा लेखाए ।

लुम्बिनीले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ ।

 

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट