२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

लुम्बिनी लायन्स काठमाडौंसँग १८ रनले पराजित, लिग चरणबाटै बाहिरियो

बुधवार , मंसिर २६, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्स लिग चरणबाट बाहिरिने पहिलो टोली बनेको छ। बुधबार काठमाडौं गुर्खाजसँग १८ रनले पराजित भएसँगै लुम्बिनी बाहिरिएको हो।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको काठमाडौंले १०३ रनको सामान्य लक्ष्य खडा गरेको थियो ।

लुम्बिनी ८५ रनमै अलआउट भयो ।

लुम्बिनीका सन्दीप जोराले २९ बलमा सर्वाधिक २६ रन बनाए । कप्तान रोहितकुमार पौडेल १५ बल खेल्दै ८ रनमा आउट भए । ओपनर उन्मुक्त चन्दले १४ रन र सुर्य तामाङले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहारो अंकमा रन बनाउन सकेनन् ।

काठमाडौंका कप्तान करण केसीले चार विकेट लिए । रशिद खानले १ विकेट लिँदा दीपेश कँडेलको नाममा ३ विकेट रह्यो । जेरार्ड इरासमसले २ विकेट झारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले १९.२ ओभरमा सबै विकेट गुमाएर १०३ रन बनाउँदै लुम्बिनीलाई १०४ रनको लक्ष्य दिएको हो ।

काठमाडौंका लागि स्टेफेन एस्किनाजीले १३, माइकेल लेविट ०, जेरार्ड इरासमस १, सुमित महर्जन ४, डान डाउथवेट २१, रशिद खान १, करण केसीले १ रन जोडे ।

त्यस्तै, भीम सार्कीले सर्वाधिक ३१ रन बनाए । साहव आलमले ८ रन र प्रतीक श्रेष्ठले २० रन बनाए ।

लुम्बिनीका लागि साद बिन जाफरले सर्वाधिक ३ विकेट लिए । रामोन सिमोन्ड्स र अभिशेष गौतमले २-२ विकेट बाँडे । सूर्य तामाङले विकेटको खाता खोले । विवेक यादवले पनि एक विकेट आफ्नो नाममा लेखाए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट