२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

कांग्रेसमा लाग्यो १५औं महाधिवेशनको रन्को, अनामनगरमा सम्पर्क कार्यालय खुल्दै

बुधवार , मंसिर २६, २०८१

काठमाडौं । महाधिवेशन नजिकिँदै गर्दा नेपाली कांग्रेसका नेताहरु चुनाव लक्षित गतिविधि बढाउन थालेका छन् । महाधिवेशन आउन एक वर्ष मात्र बाँकी छ । तर, नेताहरु चुनाव लक्षित गतिविधिहरु अघि बढाउन थालेका छन् ।

नेतृत्वलगायत विभिन्न पदमा आकांक्षी बनेर नेताहरु जिल्ला दौडाहामा निस्कन थालेका बेला कांग्रेस नेता गुरुराज घिमिरेले भने राजधानीको अनामनगरमा सम्पर्क कार्यालय बिहीबार खोल्दैछन् ।

उनले महाधिवेशन केन्द्रीत गतिविधि अघि बढाउन सम्पर्क कार्यालय खोलेका बताएका छन् । ‘साथीहरुसँग परामर्श गर्न महाधिवेशन समयमा गर्न दवाव दिन कार्यलय खोलेको हो’ उनले सुनौलो नेपालसँग भने ।

पार्टी १५ औं महाधिवेशन उन्मुख भएको र विद्यानको समयसीमा एक वर्षमात्र बाँकी रहेको उनले बताए ।

‘कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न भएको तीन वर्ष बितेको छ । यो वर्ष महाधिवेशन आयोजना हुने वर्ष हो । त्यसैले पार्टीलाई महाधिवेशन उन्मुख बनाउन र तदनुसारका महाधिवेशन केन्द्रीत कार्यक्रम अघि बढाएको हो’ उनले भने ‘चार वर्षभित्र महाधिवेशन गर्नका पार्टी नेतृत्वलाई सुझाव दिन देशभरीका साथीहरुसँग सम्पर्कमा रहेर केही युवाहरु सल्लाहमा सम्पर्क कार्यालय खोल्न लागेका हाैँ ।’

आफू गुटको नभएको र सबैको लागि ढोका खुला भएकाे उनले बताए । गुटको नेतृत्व भन्दा १५ औं महाधिवेशनबाट सही नेतृत्व सक्षम नेतृत्व चुन्न साथीहरुसँग देशव्यापी रुपमा परामर्श गर्न कार्यालय आवश्यक भएर खोल्न लागेकाे उनले जानकारी दिए ।

उनले महाधिवेशन केन्द्रीत गतिविधि अघि बढाउन र साथीहरुसँग परामर्श गर्न महाधिवेशन समयमा गर्न दवाव दिने बताए । सम्पर्क कार्यालयमा कांग्रेस नेता देवराज चालिसे, रञ्जित कर्ण, केशव सिंह, गोमा केसी, टेकराज पौडेल, मेदिनी सिटौला र भुपेन्द्रजंग शाही भएको उनले बताए । सम्पर्क कार्यालय सबै युवाहरुको भएको उनले दावी गरेका छन् । घिमिरे संस्थापक इतरका नेता हुन् । उनले संस्थापन पक्षको विरोध गर्दै आएका छन् ।

यो पनि :

कांग्रेस नेतृत्वका लागि दौडादौड

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट