logo

२०८१ मंसिर २६ बुधबार

logo
  • बुधबार, २६ मंसिर २०८१
  • प्लेअफ होडबाट बाहिरिएपछि कप्तान रोहित भन्छन् : एनपिएलमा सोचेअनुरूप खेल्न सकेनौं

    प्लेअफ होडबाट बाहिरिएपछि कप्तान रोहित भन्छन् : एनपिएलमा सोचेअनुरूप खेल्न सकेनौं

    1.4K
    Shares
    प्लेअफ होडबाट बाहिरिएपछि कप्तान रोहित भन्छन् : एनपिएलमा सोचेअनुरूप खेल्न सकेनौं

    काठमाडौं । लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले पाँचौं हारसँगै प्लेअफ होडबाट बाहिरिएपछि समग्रमा नेपाल प्रिमियर लिग (एनपिएल) को यात्रामा लक्ष्य अनुरूप खेल्न नसकेको बताएका छन् ।

    काठमाडौं गुर्खाजसँगको हारपछि भएको पत्रकार सम्मेलनमा लुम्बिनीका कप्तान रोहितले आफ्नो क्षमताअनुरूप टोलीले नै खेल्ने नसकेको बताएका हुन् । सुरुका खेलमा बलिङमा चुकेको र पछिका ब्याटिङमा राम्रो हुन नसक्दा खराब नतिजा सामना गरेको उनको बुझाइ छ ।

    उनले समग्रमा लुम्बिनीको लागि पहिलो संस्करण राम्रो नभएको उल्लेख गरे । साथै रोहितले काठमाडौंले दिएको लक्ष्य भेट्टाउन सकिने खालको रहेको बताए । तर आफ्नो टोलीले राम्रो ब्याटिङ गर्न नसकेको उनको भनाइ छ ।

    रोहितले एउटै मैदानमा धेरै खेलिरहँदा विकेट स्लो भएपनि आफ्ना ब्याटरले योजनाअनुरूप खेल्न नसकेको उल्लेख गरे ।

    काठमाडौंका स्पिनरले पनि धेरै राम्रो बलिङ गरेको उनी बताउँछन् । उनले आगामी सिजनबारे अहिले नै नसोचेको बताए । विकेट सोचेअनुरूपमा नभएकाले धैर्यतापूर्वक खेल्नुपर्ने उनको धारणा छ ।

    काठमाडौंका लागि किफायती बलिङसँगै विकेट लिएका दीपेश कँडेलले जित्नैपर्ने खेलमा सबैले इफोर्ट लगाउँदा जित सम्भव भएको बताए । सामान्य लक्ष्य दिएपनि यो रक्षा गर्न सकिन्छ भन्ने काठमाडौंले विश्वास लिएको दीपेशले उल्लेख गरेका छन् ।

    सन्दीप जोरा क्रिजमा रहँदा विकेटभन्दा पनि डट बल फ्याक्ने लक्ष्य रहेको उनको भनाइ छ । उनले आफ्नो लक्ष्य पनि सकेसम्म डट बल फ्याँक्ने रहेको बताए । आगामी हरेक खेलमा ध्यान दिएर जित निकाल्ने लक्ष्य रहेको उनी बताउँछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend