२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य

बिहिवार , मंसिर २७, २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिगमा आज बिहान भैरहेको पहिलो खेलमा विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई १ सय ४० रनको लक्ष्य दिएको छ ।

निर्धारित २० ओभरमा विराटनगर किङ्सले ७ विकेट गुमाउदै १ सय ३९ रन बनायो ।

विराटनगरले टस जितेर पहिले ब्याटिङ गरेको हो ।

पोखराका लागि स्टक एडवार्डले ४५ रन बनाए । यस्तै लोकेश बमले २६, निकोलस किर्तनले १९ रन बनाए । यस्तै बसिर अहमदले २१ रन बनाए ।

बलिङतर्फ पोखराका सागर ढकाल र रेमोन रेइफरले २-२ विकेट लिए । यस्तै कुशल भुर्तेल र दिनेश खरेलले १-१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट