शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

आजको राशिफल कस्तो भाग्य कस्तो ? पौष १६ गते विहिवार (भिडियो)

आजको राशिफल कस्तो भाग्य कस्तो ? पौष १६ गते विहिवार (भिडियो)

पुस १६ काठमाडौँ, मानिसको कर्मले भाग्य निर्धारण हुने गर्छ तर यस अलावा राशी अनुसार पनि मानिसको भाग्य निर्धारित हुने गर्दछ भन्ने बिश्वास आम जनमानसमा भरोसा रहेको पाइन्छ  । जस अनुसार आजको दिन कुन राशी कस्तो छ भन्ने जानकारी चर्चित ज्योतिष विहंगमराज तिमिल्सेनाको ज्योतिषशास्त्रीय दृष्टिकोण अनुसार कुन राशी कस्तो हेरौ।  

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ ठाउँ नया उमङ्ग प्राप्त हुनेछ । नयाँ चिज जोड्ने निर्णय लिँदा राम्रो  । 

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
नया प्रेमी प्रेमिकाको भेटघाट हुनेछ । हराएको साथीसँग  भेटघाट हुने छ  । सकात्मक संदेश सुन पाउनु हुनेछ  ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
व्यापारमा  राम्रो अवसर  मिल्नेछ । लामो यात्राको योग छ । विष्णु भगवान लाइ पुज्नु राम्रो हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
टाउको सम्बन्धी समस्या उत्पन्न हुनसक्छ । चन्द्रमालाई पुजा गर्दा राम्रो छ । सुभ समाचार सुन्न पाउनु हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज रचनात्मक कार्यबाट अरूको मन जित्न सकिने छ । व्यापार व्यवसायमा प्रगति होला । नयाँ कार्य वा रोजगारको अवसर पनि मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आर्थिक क्षेत्रमा सोचे जस्तै लाभ लिन सक्ने योग छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
चिन्ता बढ्ने छ । झैझगडा को योग छ। नयाँ कामको थालनी हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ ठाउँको भ्रमणको अवसर मिल्ने छ  । 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सोच्दै नसोचेको ठाउँ मा पुग्नु हुने छ  । मन प्रफुल्ल हुने छ।   धन लाभ हुने छ  । साथीभाइबाट विशेष सहयोग मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
साथीभाइ, परिवारको सहयोगले मनमा शान्ति छाउने छ ।  नयाँ परिवर्तन हुनेछ  ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नसा  समन्धी समस्या आउन सक्छ  । दिउँसो १ बजे पछि शुभ छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
नयाँ सोच र निर्णयमा सफलता मिल्ने छ र परिवारमा खुसियाली मिल्ने छ । शुभकार्यको चर्चा चल्ने छ ।

भिडियो 

 

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend