२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

नेपाली कांग्रेस जनतालाई अधिकार दिलाउने पहिलो पार्टी हो : उपप्रधानमन्त्री सिंह

आइतवार , मंसिर ३०, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस जनतालाई अधिकार दिलाउने पहिलो पार्टी भएको बताएका छन् । आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाली कांग्रेस नेपालमा इतिहास बोकेको पार्टी भएको बताए । उनले इतिहास बोकेको पार्टीको महत्वको बारेमा ख्याल राखेर अघि बढ्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिए ।

उनले नेपाली कांग्रेस जनतालाई अधिकार दिलाउन नेपालमा अग्रणी भुमिका खेल्ने पार्टी भएको उल्लेख गर्दै अरु पार्टीको भन्दा जनताले बेग्लै किसिमले नेपाली कांग्रेसप्रति आशाको रुपमा हेर्ने गरेको बताए ।

उनले भने, ‘हामी नेपाली कांग्रेस पार्टीको क्रियाशिल सदस्य हो । क्रियाशिल सदस्य भएपछि नेपाली कांग्रेस पार्टी इतिहास बोकेको पार्टी हो । यो पार्टीको महत्वको बारेमा हामीले अलि ख्याल राख्नुपर्यो । जनतालाई अधिकार दिलाउन त्यो आइडिया नेपालमा बीजारोपण मात्रै होइन, बीजारोपण गरेर त्यसका लागि लडेको पार्टी भएर नेपाली कांग्रेस पाल्टिकली अधिकार दिलाउनमा अरु पार्टीको भन्दा जनताले बेग्लै किसिमले नेपाली कांग्रेसप्रति आशाको रुपमा हेर्छन् भन्नेकुरा बिर्सिनु हुँदैन ।’

उपप्रधानमन्त्री सिंहले नेपाली जनताले नेपाली कांग्रेसप्रति आशाको रुपमा हेर्ने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट