२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा

शनिवार , आषाढ १३, २०८३

काठमाडौं / नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा कायम गरिएको छ।

प्रकाशित विनिमयदर अनुसार युरोपियन युरोको खरिददर १७१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६४ पैसा रहेको छ। त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङको खरिददर १९९ रुपैयाँ २८ पैसा र बिक्रीदर २०० रुपैयाँ ०७ पैसा तथा स्विस फ्र्याङ्कको खरिददर १८६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १८७ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ।

अष्ट्रेलियन डलरको खरिददर १०४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलरको खरिददर १०६ रुपैयाँ २६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ६९ पैसा तथा सिङ्गापुर डलरको खरिददर ११६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९९ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

यसैगरी, जापानी येन (१०) को खरिददर ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा, चिनियाँ युआनको खरिददर २२ रुपैयाँ १७ पैसा र बिक्रीदर २२ रुपैयाँ २६ पैसा, साउदी रियालको खरिददर ४० रुपैयाँ १४ पैसा र बिक्रीदर ४० रुपैयाँ ३० पैसा तथा कतारी रियालको खरिददर ४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५६ पैसा तोकिएको छ।

थाई भाटको खरिददर ४ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४ रुपैयाँ ५४ पैसा, यूएई दिरामको खरिददर ४१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४१ रुपैयाँ २१ पैसा, मलेसियन रिङ्गिटको खरिददर ३६ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०३ पैसा तथा दक्षिण कोरियाली वन (१००) को खरिददर ९ रुपैयाँ ८० पैसा र बिक्रीदर ९ रुपैयाँ ८४ पैसा कायम गरिएको छ।

त्यस्तै, स्विडिस क्रोनरको खरिददर १५ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५ रुपैयाँ ६१ पैसा, डेनिस क्रोनरको खरिददर २३ रुपैयाँ र बिक्रीदर २३ रुपैयाँ १० पैसा तथा हङकङ डलरको खरिददर १९ रुपैयाँ २२ पैसा र बिक्रीदर १९ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकका अनुसार कुवेती दिनारको खरिददर ४८९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४९१ रुपैयाँ ५२ पैसा, बहराइन दिनारको खरिददर ३९९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ४३ पैसा तथा ओमानी रियालको खरिददर ३९१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ११ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले आवश्यकता अनुसार जुनसुकै समयमा विनिमयदर संशोधन गर्न सकिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार