काठमाडौं / फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को अन्तिम खेलमा सेनेगलले इराकमाथि प्रभावशाली प्रदर्शन गर्दै ५–० को फराकिलो जित दर्ता गरेको छ।
टोरोन्टोमा सम्पन्न खेलमा सेनेगलले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको थियो। खेलको चौथो मिनेटमै हबिब डियाराले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि १३औँ मिनेटमा इराकका डिफेन्डर रेबिन सुलाकाले रातो कार्ड पाएपछि इराक १० खेलाडीमा सीमित भएको थियो।
एक खेलाडीको संख्यात्मक फाइदा उठाउँदै सेनेगलले दोस्रो हाफमा लगातार गोल थप्यो। ५६औँ मिनेटमा इस्माइला सारले दोस्रो गोल गरे भने पापेले ५९औँ र ७१औँ मिनेटमा व्यक्तिगत दुई गोल गर्दै टोलीको अग्रता ४–० पु¥याए। खेलको अन्त्यतिर इलमान न्डियाईले अर्को गोल थप्दै सेनेगललाई ५–० को सानदार जित दिलाए।
यस नतिजासँगै सेनेगल समूह ‘आई’ मा तेस्रो स्थानमा उक्लिएको छ। टोलीले उत्कृष्ट तेस्रो स्थानमा रहने आठ टोलीमध्ये एक बन्ने आशा कायम राखेको छ। अब सेनेगलको नकआउट यात्रा अन्य समूहका खेलको नतिजामा निर्भर रहनेछ।
उता, लगातार तेस्रो हार बेहोरेको इराक भने कुनै अंक जोड्न नसकी समूह चरणबाटै बाहिरिएको छ। यस समूहबाट फ्रान्स ९ अंकसहित शीर्ष स्थानमा र नर्वे ६ अंकसहित दोस्रो स्थानमा रहँदै अन्तिम ३२ मा स्थान सुरक्षित गरिसकेका छन्।
प्रतिक्रिया दिनुहोस