बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

लम्बियो एकीकृत समाजवादीको स्थायी कमिटिको बैठक, नेताहरुको कार्यविभाजन सोमबार

लम्बियो एकीकृत समाजवादीको स्थायी कमिटिको बैठक, नेताहरुको कार्यविभाजन सोमबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्यहरुको कार्यविभाजन सोमबार मात्र हुने भएको छ । केज्द्रीय सदस्यहरुको कार्यविभाजन टुंग्याउन मंसिर २६ गतेबाट शुरु भएको पार्टी स्थायी कमिटिको बैठकमा आजसम्म पार्टीको अगामि कार्ययोजनाबारे छलफल भएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनकाअनुसार आज बैठकमा नेताहरुले पार्टीको आगामी कार्ययोजना निर्माण गर्ने विषयमा धारणा राखेका थिए । उनले भोलि बस्ने बैठकमा अध्यक्ष माधव नेपाल र महासचिव घनश्याम भुसाल आफ्नो धारणा राख्दै बैठक टुंग्याउने बताए ।

उनले भने, ‘यो बैठकमा हाम्रा मुख्यः दुई एजेण्डाहरु छन् । एउटा, पार्टीको अगामि कार्ययोजना र अर्को एजेण्डा केन्द्रिय सदस्यहरुको कार्यविभाजन । आजसम्म हामीले पार्टीको कार्ययोजनाको बारेमा छलफल गरेका छौं । स्थायी कमिटि सबै सदस्यहरुले लगभग बोलिसक्नु भएको छ । अब पार्टी अध्यक्ष र समासचिवले आफ्नो धारणा राख्ने, उहाँहरुको विचारहरुप्रति स्पष्टिकरण दिने र निष्कर्षमा पुग्ने काम बाँकी छ । त्यो भोलि हुन्छ । अनि हामी कार्य विभाजनको प्रस्तावमा छलफल गर्छौं । त्यो कार्यविभाजन भोलि सकिन्छ ।’

सोमबारको बैठकमा नेताहरुको जिम्मेवारी तोक्ने र पार्टीको सुदृढीकरण गर्ने, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौतीलगायतको विषयमा पनि निर्णय लिनेछ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend