२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

आर्थिक अभावले क्याम्पस सञ्चालनमा समस्या

आइतवार , पौष १४, २०८१

ढोरपाटन (बागलुङ) । जिल्लाको ढोरपाटन नगरपालिका–१ खप्तरीबाङस्थित निसीभूजी जनता क्याम्पस सञ्चालनमा समस्या भएको छ । पश्चिम बागलुङको एक मात्र क्यापसका रूपमा रहेको निसीभूजी आर्थिक अभावका कारण सञ्चालनमा समस्या भएको हो ।

दूरदराजका विद्यार्थीलाई उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले विसं २०४८ मा स्थापना भएको क्याम्पसको आन्तारिक स्रोत कम हुनु, सरकारी निकायबाट सहयोग नहुनु, जनशक्ति व्यवस्थामा खर्च हुनुलगायत कारणले सञ्चालनमा समस्या भएको क्याम्पस प्रमुख कृष्णकान्त आचार्यले बताए ।

क्याम्पस सञ्चालनका लागि मासिक रु चार लाख खर्च हुने भन्दै आम्दानी न्यून हुँदा खर्च व्यवस्थापनमा समस्या भइरहेको उनको भनाइ छ । प्रमुख आचार्यले क्याम्पसको आम्दानी विद्यार्थीबाट उठाउने शुल्क मात्र रहेको बताउँदै अहिलेसम्म सरकारी निकायबाट कुनै पनि सहयोग प्राप्त नभएको उनले गुनासो गरे ।

अहिले क्याम्पसमा शिक्षा, समाज शास्त्र र व्यवस्थापन सङ्कायमा गरी एक सय १९ विद्यार्थी अध्ययनरत रहेका जनाउँदै प्रमुख आचार्यले विद्यार्थीबाट उठाउने शुल्कबाहेक आम्दानीको कुनै स्रोत नभएको उल्लेख गरे । हाल आंशिक शिक्षक २२ र पूर्णकालीन दुई जना गरी २४ जना प्राध्यापक कार्यरत रहेका छन् ।

शिक्षकलाई तलब दिन समस्या हुँदै आएको क्याम्पस प्रमुख आचार्यले बताए । क्याम्पसको मासिक मासिक खर्च रु चार लाख ५० हजार हुने गरेको भन्दै आम्दानी रु दुई लाख रहेको उनले जानकारी दिए ।

क्याम्पस प्रमुख आचार्यले भने, “यहाँ पढ्न आउने विद्यार्थीको सङ्ख्या उल्लेख्य छ, तर सञ्चालन खर्च व्यवस्थापन गर्न र शिक्षकलाई तलब खुवाउन निकै गाह्रो भइरहेको छ । यस क्षेत्रको एक मात्र सामुदायिक क्याम्पस भएकाले समुदायसँग सहयोग लिएर अहिलेसम्म सञ्चालन गरिरहेका छौँ ।”

क्याम्पस सञ्चालक समितिका सदस्य तारानाथ पौडेलले सरकारले दरबन्दी व्यवस्थापन गर्न सके केही मात्रामा समस्या समाधान हुने बताए । क्याम्पस सञ्चालन गन आवश्यक मापदण्डभन्दा बढी विद्यार्थी भए पनि प्राध्यापकको दरबन्दी कम रहेको उनले उल्लेख गरे । पूर्णकालीन सात जना दरबन्दीसहितको प्राध्यापक हुनुपर्ने जनाउँदै दुई जना मात्रै रहेको पौडेलले बताए ।

गण्डकी प्रदेशसभा सदस्य दोर्णकुमार कुँवर यसलाई आङ्गिक क्याम्पसका रूपमा विकास गर्नुपर्ने बताए । क्याम्पसको शैक्षिक गुणस्तर बढाउन र प्राविधिक शिक्षा सञ्चालन गरी भौतिक संरचना निर्माण गर्न प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण गराइरहेको उनले जानकारी दिए । क्याम्पस न्यून वर्गका विद्यार्थीले मात्रै पढ्ने थलो बनेको भन्दै अब यहाँ सबैको आकर्षण बढ्ने खालको बनाउन जरुरी रहेको कुँवरले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ