२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

ऊर्जा क्षेत्रको विकासबाट नै मुलुकमा आर्थिक विकास हुन्छ, जनतामा समृद्धि आउँछ : ऊर्जामन्त्री खड्का

सोमवार , पौष १५, २०८१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको विकासले मात्रै मुलुकमा आर्थिक समृद्धि ल्याउनसक्ने दाबी गरेका छन् ।

ऊर्जामन्त्री खड्काले नेपालमा जलविद्युत उत्पादनको प्रचुर सम्भावना रहेको भन्दै नेपालमा ऊर्जा क्षेत्रको विकासले आर्थिक समृद्धि ल्याउनसक्ने दाबी गरेका हुन् । मन्त्री खड्काले ऊर्जा क्षेत्रको विकास गरेर मुलुकमा आर्थिक समृद्धि ल्याउन सम्भव रहेको उल्लेख गरे । उनले आगामी १० वर्षमा २८ हजार ५ सय मेगावट विद्युत उत्पादन गर्ने र आन्तरिक खपतको लागि जोड दिँदै बाँकी रहेको विद्युत निर्यात गर्ने लक्ष्य राखेको बताए ।

उक्त लक्ष्य पूरा गर्न नीतिगत र संरचनामा सुधार गर्नुपर्ने बताए । संरचना र नीतिगत परिवर्तनका लागि सरकार तयार रहेको बताए । उनले जलविद्युत क्षेत्रमा देखिएका वनका समस्या, जग्गा प्राप्ति जस्ता समस्याहरुलाई समेत समेटेर छिटो छरितो गर्ने, हिउँदको समयमा विद्युत अभाव हुने विषयलाई सम्बोधन गर्ने विषयमा रिजर्भर परियोजनामा जाने नीतिगत निर्णय गरेर अगाडि बढेको जानकारी दिए ।

उनले भारतसँग विद्युत विक्री गर्ने सम्झौता गरेसँगै यो वर्ष साढे ९ सय मेगावटसम्म विक्री गर्न सफल भएको बताए । उनले भारतमा विद्युत व्यापार वृद्धि हुँदा भारतसँगको व्यापार घाटा कम भएको बताए । उनले विगतमा विद्युत निर्यातमा १३ अर्ब जति रकम भारतलाई तिर्ने गरेको भएपनि यो वर्ष १० अर्ब बढी नाफामा रहेको बाए ।

उनले बंलादेशमा विद्युत विक्री गर्ने विषयमा मूर्त रुपमा दिएर अन्तरदेशिय विद्युत व्यापारकोे ढोका खोलेको बताए । उनले विद्युत उत्पादन गरेर विदेशमा बेच्नु भनेको खोला नाला विक्री गर्न नभएको बताए । उनले विद्युत विक्री नगरी मुलुक धनी र समृद्ध हुन नसक्ने बताए ।

उनले जलविद्युत उत्पादन गर्दा १० प्रतिशत शेयर आयोजना प्रभावित क्षेत्रलाई दिने विषय कार्यान्वयन भएको तर शेयर किन्ने बेलामा पैसा हुनेले मात्रै प्राप्त गर्ने अवस्था रहेको बताए ।

उनले पैसा नहुने मानिसहरुले स्रोत माथिको अधिकार प्राप्त गर्न नसक्ने अवस्था रहेकाले त्यसको दायित्व राज्यले दिनेगरी प्रत्येक घरधुरीमा एक आयोजनामा २ देखि ५ लाखको सहुलियतमा ऋण दिएर शेयर पाउने व्यवस्था गर्न लागेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट