२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

अध्यक्ष नेपाल र वामदेव गौतमबीच छलफल

बुधवार , पौष १७, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच छलफल भएको छ ।

गौतमलाई पार्टीमा भित्र्याउने तयारी अन्तर्गत यो छलफल भइरहेको स्रोतले बताएको छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा दुई नेतासहित दुवैतर्फका वार्ता टोली सदस्यहरू सहभागी छन् ।

एकीकृत समाजवादीका नेताहरु गौतमलाई तेस्रो वरियता दिन सहमत छन् । तर गौतमसँगै एकीकृत समाजवादीमा आउने अन्य नेताहरुको विषयमा भने सहमति जुटिसकेको छैन ।

छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, महासचिव घनश्याम भूषाल, प्रकाश ज्वाला लगायतका नेताहरु सहभागी छन् । यसअघि पुस ४ गते गौतम निवासमा नेपाल र गौतमबिच वार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार