logo

२०८१ पुष २० शनिबार

logo
  • शनिबार, २० पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    विचाराधिन विधेयक आगामी अधिवेशनमा पारित हुनेगरी काम गर्न सांसदलाई कांग्रेसको आग्रह

    विचाराधिन विधेयक आगामी अधिवेशनमा पारित हुनेगरी काम गर्न सांसदलाई कांग्रेसको आग्रह

    301
    Shares
    विचाराधिन विधेयक आगामी अधिवेशनमा पारित हुनेगरी काम गर्न सांसदलाई कांग्रेसको आग्रह

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले संसदमा विचाराधिन विधेयकहरुलाई संसदको आउँदो अधिवेशनमा पारित गर्नेगरी काम गर्न पार्टीका सांसदहरुलाई आग्रह गरेको छ ।

    बुधबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले ६ वटा समितिमा रहेका सांसदहरुलाई यस्तो आग्रह गरेको हो ।

    समितिमा रहेका विधेयकहरुको अवस्था र ति विधेयकहरु पारित हुन नसक्नुका कारणबारे पार्टीका सांसदहरुसँग छलफल गरिएको पार्टीका सहमहामन्त्री जीवन परियारले बताए । उनले विचाराधीन विधेयकका सन्दर्भमा संघीय संसदका अर्थ, शिक्षा, कानून, राज्य व्यवस्था, उद्योग र पूर्वाधार विकास समितिका सांसदहरुसँग छलफल गरेको बताए ।

    उनले समितिहरुमा १५ वटा विधेयकहरु विचाराधिन अवस्थामा रहेको उल्लेख गर्दै संसदको हिउँदे अधिवेशन शुरु हुँदासम्म सबै विधेयक टुंगोमा पुर्याउन सांसदहरुलाई आग्रह गरिएको बताए । सांसदहरुले समितिमा विचाराधिन विधेयकहरु टुङ्गोमा पुर्याउन तदारुकताका साथ काम गर्ने प्रतिवद्धता जनाएको उनले बताए ।

    उनले भने, ‘आज हामी संघीय संसदमा विचाराधीन विधेयकहरुको सन्दर्भमा के, कस्तो अवस्था छ । र ति विधेयकहरु समितिमा के कति कारणले पारित हुन सकेका छैनन् ? र आउँदो हिउँदे अधिवेशनमा समितिबाट समेत पारित गर्ने र हिउँदे अधिवेशनबाट विचाराधिन विधेयकहरुलाई अन्तिम टुंगोमा पुर्याउनका लागि नेपाली कांग्रेसले पार्टीका सांसदहरुसँग हामीले छलफल गरेका छौं ।

    आज हामीले दुई चरणमा छलफल गरेका छौं । बिहान ११ बजे अर्थ समिति, शिक्षा समिति र कानून समितिका माननीय सदस्यहरुसँग छलफल गर्यौं भने आज दिउँसो २ बजे राज्य व्यवस्था समिति, उद्योग समिति र पूर्वाधार विकास समितिका माननीयज्यूहरुसँग छलफल गर्यौं । १५ वटा विधेयकहरु यी समितिहरुमा छलफलको क्रममा छन् ।

    कतिपय विधेयकहरु अन्तिम टुंगोमा लाग्न लागेको र कतिपय विधेयकहरु छलफलकै क्रममा रहेको जानकारी प्राप्त भएको छ । हामीलाई के विश्वास छ भने समितिमा जतिसक्दो छिटो यी विधेयकहरुलाई अन्तिम टुंगोमा पुर्याएर संसदको अगामि अधिवेशनमा यी पन्ध्र वटै विधेयकहरु पारित गर्नको लागि हामीले माननीय सदस्यहरुसँग आग्रह गरेका छौं ।

    उहाँहरुले पनि तदारुकताका साथ विधेयकमाथि समितिमा छलफल गरेर अन्तिम टुंगोमा पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।’

    गत बिहीबार सत्तारुढ दुई दल नेकपा (एमाले) र नेपाली कांग्रेस सम्मिलित कार्यदलले संघीय संसदमा विचाराधीन विधेयकलाई आगामी अधिवेशनमा पारित गराउने गरी काम गर्ने निर्णय गरेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend