logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • थाईल्याण्डमा रोहिङ्गा मुसलमान पक्राउ  

    थाईल्याण्डमा रोहिङ्गा मुसलमान पक्राउ  

    5.3K
    Shares

    बैंकक । थाईल्याण्डमा गैर कानूनी रुपमा प्रवेश गरेको आरोपमा १९ रोहिङ्या मुसलमान  र  एक थाई महिला पक्राउ परेका प्रहरीले जानाकारी दिएको छ  । 
    म्यानमारबाट भागेका मुस्लिम अल्पसंख्यक समुदायको तस्करी मार्ग बन्दै गएकोमा थाईल्याण्डको चिन्ता बढेकोे प्रहरीले जनाएको छ । 

    म्यानमारको पश्चिमी राज्य राखिनमा सन् २०१७ जारी रहेको सैनिक कारवाहीका क्रममा लगभग सात लाख ५० हजार रोहिङ्गा मुसलमान समूदाय म्यानमारको सिमाना पार गर्दै बंगलादेशमा पुगेका थिए ।
    यी मध्ये कैयौ मानव तस्करहरूको साथमा लागेर थाईल्याण्डको बाटो प्रयोग गर्दै मलेसिया र इन्डोनेसिया पुग्ने विश्वासघातपूर्ण यात्रामा लाग्ने निर्णय गर्दै आएका छन्  । 

    थाई प्रहरीले जारी राखेको कारबाहीको क्रममा बैंककको डोन मुएआङ जिल्लाको एउटा घरमा ती १९ रोहिग्या भेटिएका थिए ।  उक्त घरमा ती रोहिङ्याहरुलाई शरण दिएको आरोपमा एक थाई महिला पनि पक्राउ परेकी हुन । रासस 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend