२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

मुगुको रोवाका दुई वडामा पुग्यो विजुली

बिहिवार , पौष २५, २०८१

मुगु । साविकको रोवा गाविस हालको छायाँनाथ रारा नगरपालिका मुगुका दुई विकट वडामा विद्युत सेवा पुगेको छ ।

छायाँनाथ रारा नगरपालिका १० र ११ वडामा राष्ट्रिय प्रसारण लाईनको विजुली पुगेको हो ।

छायाँनाथ रारा नगरपालिका मुगुको आर्थिक सहयोगमा तथा गमगाढ विद्युत वितरण केन्द्र गमगढी मुगुको प्राविधिक सहयोग एवं सहजिकरणमा छायाँनाथ रारा नगरपालिका वडा नं १० र ११ का दश गाउँबस्तीमा विद्युत सेवा पुगेको छ ।

छायाँनाथका नगर प्रमुख बिष्णु कुमार भामले बुधबार एक कार्यक्रमका बीच दुबै वडामा रहेका विद्युतका स्वीच दबाएर छायाँनाथका वडा नं १० र ११ का गाउँबस्तीमा विद्युतीकरण भएको औपचारिक उद्घाटन गरे ।

बर्षौँदेखि अन्धकारमा बस्न बाध्य भएका स्थानीयलाई विजुली आएसँगै दैनिक जनवीजनका धेरै काममा सहजता आउने नगर प्रमुख भामले बताए ।

No description available.

उनले भने, ‘अब विजुली आयो अन्धकारमा बस्नु पर्दैन, दियालोको भरपर्नु पर्दैन, अब विद्यार्थीलाई टुकी बालेर पढ्नु पर्दैन ।’ चुनावी घोषणामा छायाँनाथ रारा नगरमा बत्ति पुर्याउने बाचाका साथ बत्ति दुबै वडामा पुगेको नगर प्रमुख भामको भनाई छ ।

छायाँनाथका ८७ बस्ती मध्ये ८२ बस्तीमा विद्युतीकरण भएको उल्लेख गर्दै अब बाँकी रहेका ५ बस्तीमा यो आर्थिक बर्षमा विद्युत सेवा पुर्याउने लक्ष्यका साथ काम भइरहेको उनले बताए ।

छायाँनाथको १ करोड ९३ लाखमा करिब चार बर्षको अथक प्रयासले नगरपालिका वडा नं १० र ११ का गाउँमा विद्युत सेवा पुगेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुशपती शाहीले बताए । जसबाट नगरपालिकाका वडा नं १० मा ६ सय घरदुरीका २२ सय नागरिक र वडा नं ११ का २ सय ४५ घरदुरीका १४ सय गरी ३ हजार ६ सय नागरिक विद्युत सेवाबाट लाभाविन्त भएका छन् ।

No description available.

नेपाल विद्युत प्राधिकरण गमगाढ वितरण केन्द्रका प्रमुख साजन ऐडीले छायाँनाथ रारा नगरपालिकाका अधिकांश बस्तीमा विद्युत सेवा पुगेको बताए । भौगोलिक विकटता केहि समस्या छ । तर स्थानीय सरकारसँगको सहजिकरणमा गाउँ–गाउँमा विद्युत सेवा पुर्याईने कार्यालय प्रमुख ऐडीले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट