२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

१६ वर्ष पुरानो शाही हत्या प्रकरणमा ७ जना पक्राउ, ६ जना पुर्पक्षका लागि कारागार चलान

बिहिवार , जेठ २८, २०८३

मुगु । १६ वर्षअघि मुगुमा भएको हरिकृष्ण शाही हत्या प्रकरणमा प्रहरीले ७ जनालाई पक्राउ गरी अदालतमा पेश गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुले बिहीबार पत्रकार सम्मेलन गर्दै घटनाको अनुसन्धान, पक्राउ तथा अदालतको आदेशबारे जानकारी दिएको हो।

प्रहरीका अनुसार वि.सं. २०६७ मा भएको हरिकृष्ण शाहीको हत्या सम्बन्धी कर्तव्य ज्यान मुद्दामा मिति २०८३ वैशाख ३१ गते जाहेरवाली पुनी शाहीले ९ जनाविरुद्ध पूरक किटानी जाहेरी दर्ता गरेकी थिइन्। त्यसपछि मुगु जिल्ला अदालतबाट ९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

प्रहरीले वैशाख ३१ गते सङ्गीता भनिने सरिता बुढा र कालीबहादुर खड्कालाई पक्राउ गरेको थियो। त्यसैगरी जेठ १ गते पारसमणि मल्ल, चन्द्रप्रकाश शाही, कानुनको बिवादमा परेका बालक रारा ६० अ., कानुनको बिवादमा परेका बालक रारा ६० आ, तथा जेठ ७ गते जसु बोहोरालाई पक्राउ गरेको जनाएको छ।

अदालतबाट पक्राउ पुर्जी जारी भएका ९ जनामध्ये ७ जना पक्राउ परेका छन् भने २ जना अझै फरार रहेका छन्।

मुगु जिल्ला अदालतले जेठ २७ गते गरेको आदेशअनुसार पक्राउ परेकी सङ्गीता भनिने सरिता बुढासँग ५० हजार रुपैयाँ धरौटी माग गरिएको छ। अन्य ४ जना प्रतिवादीहरू कालीबहादुर खड्का, पारसमणि मल्ल, जसु बोहोरा, चन्द्रप्रकाश शाही, र २ जना बालक लाई पुर्पक्षका लागि जिल्ला कारागार मुगु पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले फरार रहेका दुई अभियुक्तको खोजी कार्यलाई तीव्र बनाइएको बताएको छ। उनीहरूलाई कानुनी दायरामा ल्याउन आवश्यक समन्वय र निगरानी जारी रहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

पत्रकार सम्मेलनमा बोल्दै प्रहरीले पुराना तथा जटिल प्रकृतिका मुद्दामा पनि सत्यतथ्य पत्ता लगाई न्याय दिलाउन नेपाल प्रहरी प्रतिबद्ध रहेको उल्लेख गरेको छ।

प्रहरीका अनुसार लामो समयदेखि अनुसन्धान र न्यायिक प्रक्रियामा रहेको हरिकृष्ण शाही हत्या प्रकरण हाल महत्वपूर्ण चरणमा पुगेको छ भने फरार अभियुक्तहरूको पक्राउ तथा अदालतको आदेश कार्यान्वयनमा प्रहरी सक्रिय रूपमा जुटिरहेको छ।

db907d8b-317a-44b9-83b9-e5478a666380.jpg
974b1419-8dab-4b82-a959-b7716a969533.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट