२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

रास्वपा कोशीमा राई : पराजित गोमा ले राजनीतिबाट विश्राम लिने घोषणा

बिहिवार , जेठ २८, २०८३

मोरङ । मोरङ को विराटचोकमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको पहिलो अधिवेशनबाट चन्द्रबहादुर राई प्रदेश सभापतिमा निर्वाचित भएका छन्। प्रतिस्पर्धात्मक निर्वाचनमा राईले स्पष्ट अग्रता हासिल गर्दै नेतृत्व आफ्नो पक्षमा पारेका हुन् ।

अन्तिम मतपरिणाम अनुसार राईले २८० मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी गोमा तामाङ ‘सरिन’ले १४१ मत ल्याइन् । यस्तै, चन्द्रकुमार गौली ‘निरज’ले २७ तथा डा. खगेन्द्र कटुवालले ४१ मत प्राप्त गरेका थिए ।

अधिवेशनको क्रममा विभिन्न केन्द्रीय नेताहरू र सांसदहरूले राईको समर्थनमा प्रचार गरेको चर्चा चलेको थियो, यही विषयलाई लिएर उम्मेदवार तामाङले मतदानअघि नै असन्तुष्टि जनाएकी थिइन् । 

722935465_27276380045329353_2426201057626753526_n.jpg

निर्वाचन परिणाम सार्वजनिक भएपछि तामाङले सामाजिक सञ्जालमार्फत आफू राजनीतिक यात्राबाट अलग हुने निर्णयमा पुगेको संकेत दिएकी छन् ।  उनले मतदाताप्रति आभार व्यक्त गर्दै अब राजनीतिमा सक्रिय नहुने घोषणा गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट