२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

इप्पान चुनाव : दुइ समुहको प्यानलगत प्रतिष्पर्धा

बिहिवार , जेठ २८, २०८३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को नयाँ नेतृत्व चयनका लागि भोलि  हुने निर्वाचनमा दुई समूहबीच प्यानलगत प्रतिस्पर्धा हुने भएको छ ।

 

इप्पानको विद्यान अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी स्वतः अध्यक्ष बन्नेछन् । विद्यान अनुसार अब निर्वाचीत हुने वरिष्ठ उपाध्यक्ष अर्काै अधिवेशनमा स्वत अध्यक्ष हुने भएकाले वरिष्ठ उपाध्यक्ष र अन्य पदका लागि दुई प्यानल एजेन्डासहित चुनावी मैदानमा उत्रिएका छन् । वर्तमान कार्यसमितिका उपाध्यक्ष उत्तम भ्लोन लामा र महासचिव बलराम खतिवडाले प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् । 

निर्वाचनमा दुवै पक्षले आफ्नो समुहको जित सुनिश्चित रहेको दाबी गर्दै दुवै पक्षले ऊर्जा क्षेत्रको भविष्यसँग जोडिएका महत्वाकांक्षी कार्यक्रम सार्वजनिक गर्दै मतदातामाझ मत माग्न सुरु गरेका छन् ।

इप्पानको निर्वाचनमा ६ सय ८३ सदस्यहरु रहेका छन्  । साधारणसभाको बन्दसत्र सम्पन्न भएपछि मतदान प्रक्रिया सुरु हुने कार्यतालिका छ ।

खतिवडा समूहको प्राथमिकताः संस्थागत सुदृढीकरण र नीतिगत हस्तक्षेप

महासचिव बलराम खतिवडा नेतृत्वको समूहले इप्पानलाई ऊर्जा उद्यमीहरूको प्रभावकारी छाता संगठनका रूपमा रूपान्तरण गर्ने लक्ष्य अघि सारेको छ । सदस्य कम्पनीका समस्या समाधानका लागि हेल्पडेस्क स्थापना, नियमित समीक्षा प्रणाली र विषयगत विज्ञ समूह गठन गर्ने प्रतिबद्धता सार्वजनिक गरेको छ ।

खतिवडा समूहले पीपीएका लागि आवेदन दिएका आयोजनाको सम्झौता प्रक्रिया खुलाउन पहल गर्ने, ऊर्जा क्षेत्रसँग सम्बन्धित कानुन संशोधनका लागि सरकारसँग सक्रिय समन्वय गर्ने तथा निजी क्षेत्रलाई प्रसारण लाइन र सबस्टेशन निर्माणमा सहभागी गराउन दबाब सिर्जना गर्ने खतिवडा समुहको प्रतिबद्धता रहेको छ ।

ऊर्जा क्षेत्रका लागि बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा सुनिश्चित गर्ने, हरित वित्त र विदेशी लगानी भित्र्याउने वातावरण तयार गर्ने तथा बीमा लागत घटाउन पहल गर्ने कार्यक्रम पनि प्रतिबद्धतापत्रमा समावेश गरिएको छ ।

त्यस्तै आन्तरिक विद्युत खपत बढाउने, निजी क्षेत्रलाई विद्युत व्यापारमा प्रवेश दिलाउने तथा क्षेत्रीय विद्युत बजार विस्तारका लागि सरकारसँग सहकार्य गर्ने रणनीति पनि खतिवडा समुहले अघि सारेको छ ।

लामा समूहको जोडः संरचनात्मक सुधार र लगानी सुरक्षा

इप्पानका वर्तमान उपाध्यक्ष उत्तम भ्लोन लामा नेतृत्वको समूहले निजी क्षेत्रलाई ऊर्जा विकासको प्रमुख चालक शक्तिका रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाएको छ । सरकारले अघि सारेको ३० हजार मेगावाट उत्पादन लक्ष्य हासिल गर्न निजी क्षेत्रका आयोजनामा देखिएका प्रमुख अवरोध हटाउने योजनालाई आफ्नो मुख्य प्राथमिकता  लामा समुहको रहेको छ ।

लामा समूहले रोकिएका हजारौँ मेगावाट क्षमताका आयोजनाको पीपीए तत्काल खुलाउन पहल गर्ने, प्रसारण लाइन ढिलाइबाट उत्पादकलाई हुने क्षतिमा क्षतिपूर्ति सुनिश्चित गराउने तथा ‘टेक अर पे’ प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउने एजेन्डा अघि सारेको छ । 

समूहले जलविद्युत आयोजनाको अनुमतिपत्र अवधि बढाउने, वन तथा वातावरणीय स्वीकृति प्रक्रियालाई सरल बनाउने, ऊर्जा क्षेत्रमा सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार गर्ने तथा निजी क्षेत्रलाई प्रसारण पूर्वाधार निर्माणमा सहभागी गराउने विषयलाई पनि प्राथमिकतामा राखेको छ।

विधान संशोधन पनि चर्चाको केन्द्रमा

साधारणसभामा नेतृत्व चयनसँगै इप्पानको विधान संशोधन प्रस्ताव पनि महत्वपूर्ण विषय बनेको छ । हालको व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान रहे पनि त्यसलाई हटाउने प्रस्ताव सभामा प्रस्तुत गरिने भएको छ ।

प्रस्ताव पारित भएमा आगामी दिनमा अध्यक्ष पदका लागि प्रत्यक्ष प्रतिस्पर्धाको बाटो खुल्नेछ भने कार्यसमितिमा एक कार्यकाल पूरा गरेका योग्य सदस्यले अध्यक्ष पदमा उम्मेदवारी दिन सक्ने व्यवस्था लागू हुनेछ । 

 हेर्नुहोस को - को ले कुन पर्दामा दर्ता गरे उमेदवारी

ippan 1.jpeg

 

 

ippan 2.jpeg
ippan 3.jpeg
ippan 4.jpeg
undefined

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट