काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले करका दरमा बारम्बार हेरफेर गरेर अर्थमन्त्रीले संसदको अधिकारमा कैँची चलाएको टिप्पणी गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमाथि भाग लिदै राईले आर्थिक विधेयकमाथि फेरबदल गर्नका लागि नीति, विधि र प्रक्रिया रहेको भन्दै सदनमा पेश भएको आर्थिक विधेयकमा उल्लेख करका दरमा बारम्बार हेरफेर गरेर अर्थमन्त्रीले संसदको अधिकारमा कैँची चलाएको टिप्पणी गरेका हुन् ।
उनले करका दरमा हेरफेर गर्ने अक्षम्य गल्ती किन र कसको स्वार्थमा भएको हो ? भन्दै प्रश्न गरे ।
उनले संसदको सदनमा पेश भइसकेको विधेयकमाथि आफूखुशी बदल्ने वा सच्याउने काम राजद्रोह सरह रहेकाले छानविन हुनुपर्ने माग गरे ।
प्रतिक्रिया दिनुहोस