२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

कर दर हेरफेर प्रकरण : अर्थमन्त्री वाग्लेले स्वीकारे त्रुटि,कर्मचारीको कमजोरीले समस्या भयो

बिहिवार , जेठ २८, २०८३

काठमाडौ/ कर्मचारीहरुलाई दोष लगाउदै मन्त्रीहरुले आफ्नो गल्ती ढाकछोप गर्न यो पटक पनि पुरानै प्रवित्ती देखाएका छन् । यस अघि पनि मन्त्री स्तरबाट गल्ती,कमजोरी हुदा मन्त्रालयका कर्मचारीहरु लाई दोषी देखाउदै आएको थियो । कर को दर हेरफेरको प्रकरणमा अर्थ मन्त्री स्वर्णिम वाग्लेले आफ्नो त्रुटी भएपनि कर्मचारीको तहबाट सबै गल्ती भएको भन्दै दोष कर्मचारीलाई दिएर आफु उम्कने प्रयास गरेका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति को बिहीबार बसेको बैठकमा बोल्दै उनले आर्थिक विधेयकमा केही त्रुटि भएको स्वीकार गरे। जेठ १५ गते संसदमा पेश गरिएको विधेयकमा एक स्थानमा करको दर तथा अर्को स्थानमा शुल्क सम्बन्धी विषयमा त्रुटि देखिएको वाग्लेले जानकारी दिए ।

मन्त्री वाग्लेले आफूले प्रत्यक्ष रूपमा कुनै विवरण परिवर्तन नगरेको उल्लेख गर्दै मन्त्रालयको प्रमुखका रूपमा कर्मचारीबाट भएको त्रुटिको जिम्मेवारी लिनुपर्ने बताए। उनका अनुसार कर्मचारीहरूले राति अबेरसम्म काम गर्ने क्रममा केही विषय छुट भएको बताए ।

उनले कर्मचारीहरूले त्रुटिबारे जानकारी गराएपछि जेठ १७ गते संघीय संसद् सचिवालयमा पत्राचार गरी आवश्यक सच्याउने प्रक्रिया अघि बढाइएको जानकारी दिए । साथै, सो मितिपछि आर्थिक विधेयकका कुनै पनि विषयवस्तु संशोधन नगरिएको उनको दाबी छ ।

सार्वजनिक लेखा समितिको बैठकमा दलहरूले भने विधेयक संशोधनका लागि संसद्को निर्धारित प्रक्रिया पूरा नभई ‘त्रुटि सुधार’ का नाममा पत्र पठाइएको विषयमा प्रश्न उठाएका थिए ।  प्रतिनिधिसभा नियमावलीको व्यवस्था अनुसार विधेयकमाथि सामान्य छलफल सम्पन्न भएपछि मात्र सांसदहरूले संशोधन प्रस्ताव दर्ता गर्न सक्ने व्यवस्था छ । 

बैठकमा अर्थमन्त्री वाग्लेले भने त्रुटि सच्याउने प्रयोजनका लागि सचिवालयमा पत्राचार गरिएको स्पष्ट पारेका थिए ।  तर यस सम्बन्धी कानुनी आधार र प्रक्रियाबारे विस्तृत जवाफ भने दिएका छैनन् । 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट