काठमाडौ / वर्तमान सरकारले विज्ञान र प्रविधिको क्षेत्रको विकासका लागि विज्ञान,प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको छ । सुरुदेखि नै यो मन्त्रालय स्थापना हुनु पर्छ भनेर माग गर्दै आएका थिए म्याग्दीबाट स्वतन्त्र उमेदवार भएर चुनाव जितेका महावीर पुनले ।
उनै महावीर पुनलाई वर्तमान सरकारले त्यही मन्त्रालयको जिम्मेवारी दिएको छ । जसले माग गरेको थियो,उसैलाई त्यसको जिम्मेवारी दिएपछि विज्ञान र प्रविधिको क्षेत्रको विकास हुने धेरै ले विश्वास गरेका छन् ।
नयाँ मन्त्रालय भएकाले सुरुमा मन्त्रालयको संस्थागत संरचना बनाउन नै मन्त्री पुनलाई केही समय लाग्ने छ । तर मन्त्री भए लगतै नयाँ मन्त्रालय भएपनि कामलाई तिव्रता दिन मन्त्री पुनले तिन वटा निर्णय गरेर मन्त्रालयलाई व्यवस्थीत बनाउने अभियानको सुरु गरेका छन् ।
मन्त्री पुनले आफुले सुरुवात गर्न लागेको कामको सामाजिक सञ्जालबाट जानकारी दिदै, मन्त्रालयको कामलाई कानुनी वैधानिकता दिन र व्यवस्थित बनाउन ‘विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐन’ ल्याउने मन्त्री पुनले प्रक्रिया अगाडि बढाइएका छन् । यसका लागि आवश्यक विधेयकको मस्यौदा तयार पार्ने पहिलो निर्णय गरिएको उनले जानकारी दिएका छन् ।
अन्य मन्त्रालयहरु पुराना भएकाले कर्मचारी व्यवस्थापन लगायत सबै संरचनाहरु सहि हुन्छन् तर यो मन्त्रालयले नयाँ भएकाले कर्मचारी र कार्यविभाजनका लागि संगठन तथा व्यवस्थापन गर्ने मन्त्रालयले निर्णय गरेको छ । अब छिटोभन्दा छिटो मन्त्रालयमा दरबन्दीको व्यवस्थापन गरेर मन्त्रालयको काम लाई गति दिन्छौ मन्त्री पुनले भने ।
विज्ञान र प्रविधिको क्षेत्रलाई विकासका लागि यस अघि अन्य मन्त्रालयहरुबाट पनि काम हुने गरेपनि अब त्यो सबै कार्यलाई एकिकृत रुपमा यही मन्त्रालयमा नै ल्याउने गरी काम सुुरु भएको छ ।
यो मन्त्रालय नयाँ हो,अब सबै काम शुन्य बाट नै हुन्छ तर यो व्यापक रुपमा हुन्छ मन्त्री पुनले भने । मन्त्री पुनले यस अघिको जस्तै खाने बस्ने व्यवस्था पनि मन्त्रालयबाट नै सुरु गरेका छन् ।
प्रतिक्रिया दिनुहोस