२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

कर छलीका विषयमा अर्थमन्त्रीले संसदीय समितिमा झुट बोले : ज्ञानेन्द्र शाही

बिहिवार , जेठ २८, २०८३

काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले कर छलीका विषयमा अर्थमन्त्रीले संसदीय समितिमा झुट बोलेको बताएका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै नेता शाहीले भन्सारको कर छलीको कुरामा अर्थमन्त्रीले संसदीय समितिमा झुट बोलेकाले संसदीय छानविन समिति आवश्यक रहेको बताएका हुन् । 

अर्थमन्त्रीलाई काम गर्न नदिनका लागि नभइ सुशासनको पक्षमा अघि बढ्नका लागि आफुहरुले संसदीय समितिको माग गरेको उनले बताए ।

उनले जेठ १ देखि १४ गतेसम्म ३ हजार सवारी साधन आयात भएको तथा जेठ १४ गते पास भएर २१ गते विधुतीय गाडी आउनुले करका दर अगाडी नै चुहिएको आशंका व्यक्त गरे । 

यसअघि पनि विधुतीय गाडीको क्षमता तलमाथि गरेर तातोपानी, कोराला नाका र रसुवागढीबाट आयात गरेको बिषयमा महालेखा परीक्षक कार्यालयले छानविन गर्न भनेको उनले बताए । 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट