२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

बिवाइडी गाडी प्रकरणः राप्रपा र श्रम संस्कृति पार्टीद्वारा छुट्टै संसदीय छानबिन समितिको माग

बिहिवार , जेठ २८, २०८३

काठमाडौं । बिवाइडी विद्युतीय गाडी खरिद प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीले छुट्टै उच्चस्तरीय संसदीय छानबिन समितिको माग गरेका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीबार बसेको बैठकमा राप्रपाकी प्रमुख सचेतक खुस्बु ओली र श्रम संस्कृति पार्टीका सांसद आरेन राई ले मन्त्रालय मातहतको समितिभन्दा संसदीय छानबिन समिति वा लेखा समितिअन्तर्गत उपसमिति गठन गरेर निष्पक्ष छानबिन गर्नुपर्ने बताएका हुन् ।

आरेन राईले गाडी खरिदमा अर्बौँ रुपैयाँ भ्रष्टाचार भएको चर्चा चलिरहेको भन्दै सत्यतथ्य सार्वजनिक गर्न आवश्यक रहेको बताए । उनका अनुसार आरोप भ्रम हो भने प्रमाणसहित खण्डन गर्न र सत्य हो भने दोषीमाथि कारबाही गर्नुपर्ने अवस्था छ ।

बैठकमा सत्तापक्षका सांसद महेन्द्रबहादुर शाही ले पनि बिवाइडी गाडी प्रकरणमा गम्भीर प्रश्न उठेकाले आवश्यक छानबिन गरेर मात्र निष्कर्षमा पुग्नुपर्ने धारणा राखे ।

चल्तीको बजार मूल्य र सरकारी खरिद प्रक्रियामा आर्थिक अनियमितता भएको आरोपबीच बिवाइडी गाडी प्रकरणले सार्वजनिक लेखा समितिमा औपचारिक प्रवेश पाएको छ । अब समितिले सरकार र सम्बन्धित मन्त्रालयसँग थप विवरण तथा जवाफ माग्ने तयारी गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट