काठमाडौ / एमालेको राजनीति र समसामयीक राजनीतिको विषयमा सामजिक सञ्जाल मार्फत कडा टिप्पणी गर्दै आएका नेकपा एमालेका नेता गोकुल बास्कोटाले मुलुकमा नयाँ प्रकारको द्वन्द्वको सम्भावना रहेको औल्याएका छन् ।
नेता बास्कोटाले सामाजिक सञ्जालमा टिप्पणी गर्दै अनेक ऐतिहासिक कारणहरूले नयाँ द्वन्द्व जन्मिने अवस्था देखिएको बताएका हुन्। उनले सस्ता, अर्थहीन र कथित ‘महापुरुष’ निर्माण गर्ने प्रवृत्तिलाई नै भविष्यको द्वन्द्वको बीउका रूपमा चित्रण गरेका छन् ।
बास्कोटाले कुनै व्यक्ति वा समूहको चाहनाअनुसार मात्र समाज र इतिहास अगाडि नबढ्ने उल्लेख गर्दै इतिहास निर्माण र विघटनको प्रक्रिया निरन्तर चलिरहने बताएका छन् । उनका अनुसार इतिहासमा शक्ति, विचार र घटनाक्रमहरूको अन्तरसंघर्षबाट नयाँ परिस्थिति निर्माण हुने गरेको छ ।
‘अनेक ऐतिहासिक कारणहरूले एउटा नयाँ द्वन्द्व हुने नै देखियो, अनेक सस्ता, अर्थहीन र कथित महापुरुष जन्माउने उद्देश्यहरू नै त्यो द्वन्द्वका बीउ बन्नेछन् र, उनीहरूका प्रत्येक क्रियाकलाप उनीहरूकै चाहनामुताबिक सञ्चालन हुन सम्भव छैन, इतिहास त्यसैगरी बन्दै र भत्किँदै आएको छ,’ बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
उनको यो अभिव्यक्ति पछिल्लो राजनीतिक घटनाक्रम, दलहरूबीच बढ्दो आरोप–प्रत्यारोप तथा समाजमा देखिएको ध्रुवीकरणप्रति संकेत गरिएको टिप्पणीका रूपमा हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस