काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ । बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफललाई निरन्तरता दिइने कार्यसूची रहेको छ ।
संसद् सचिवालयका अनुसार बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनेछन् ।
त्यसैगरी, अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक, २०८३ तथा राष्ट्र ऋण उठाउने विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पनि सभामा पेश गर्ने कार्यसूची रहेको छ ।
बैठकमा नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ समेत प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस