२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

सवारी दुर्घटनामा इन्जिनियर र चालक को मृत्यु

बिहिवार , जेठ २८, २०८३

मकवानपुर  / मकवानपुरको भीमफेदी–८ मा पिक अप भ्यान दुर्घटना हुदा दुइ जनाको मृत्यु भएको छ । बा.प्र ०१–०३३ च २१४४ नम्बरको पिकअक अनियन्त्रित भई सडकबाट १ सय फिट तल खोलामा खसेर दुर्घटना हुदा दुइ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

  निर्माणधिन फास्ट ट्रयाकको उक्त गाढी भीमफेदी हुदै माण्डु हाइड्रोपावरको बाटो हुदै इपा गइरहेको थियो । दुर्घटनामा फाष्ट ट्रयाक आयोजनामा कार्यरत इन्जिनियर बारा,पचरौता–७ का २१ वर्षीया सुर्य यादव र चालक कमलामाई–९  भिमानका ४२ वर्षीया बोधराज बुढाथोकी घाइते भएका थिए ।

गम्भीर घाइते दुवै लाई नेपाली सेना र प्रहरीले उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पुग्दा अस्पतालले दुवै लाई मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट