२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

म्याग्दीका तीन ठाउँमा नदी नियन्त्रण योजना सम्पन्नः वर्षात् अगावै बस्ती र खेतीयोग्य जमिन सुरक्षित

बिहिवार , जेठ २८, २०८३

म्याग्दी । ऊर्जा, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत चालु आर्थिक वर्ष म्याग्दीका तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण भएको छ । 

अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, बेनी नगरपालिकाको सिंगा तातोपानी र मङ्गला गाउँपालिकाको सिममा नदी कटान र बाढी रोकथामका लागि तटबन्ध गरिएको कार्यालयले जनाएको छ । 

कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर झलकमोहन ओझाले चालु आवको सालबसाली तीन वटै योजना निर्धारित समयअगावै सम्पन्न भएका जानकारी दिए । 

अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित कालीगण्डकी नदी किनारमा कम्पोजिट प्रविधिको पर्खाल निर्माण भएको छ । रुप्से बिल्डर्स प्रालिले रु २७ लाख ९५ हजारमा ठेक्का पाएको यस योजनामार्फत २६ मिटर पक्की पर्खाल निर्माण भएको छ । 

एसके कन्ट्रक्सनले रु १४ लाख ९९ हजारमा ठेक्का पाएको बेनी नगरपालिका–४ सिंगा तातोपानी बस्ती संरक्षण योजनामार्फत माथिल्लो तातोपानी बजारस्थित खेलमैदान क्षेत्रमा तटबन्ध भएको छ । 

हरिवर तिवारी निर्माण सेवाले रु २६ लाख ८० हजारमा ठेक्का पाएको मङ्गला गाउँपालिका–२ सिममा म्याग्दी नदी नियन्त्रण योजना पनि सम्पन्न भएको छ । उक्त योजनामार्फत सिमस्थित म्याग्दी नदीको किनारमा ४६ मिटर दूरीमा ग्यावियन पर्खाल निर्माण भएको छ । 

सिमका बासिन्दा धु्रव केसीले तटबन्ध गरेपछि कटान रोकथाम भई बस्ती र खेतीयोग्य जमिन संरक्षण भएको बताए । तटीय क्षेत्रका बस्ती तथा खेतीयोग्य जमिनलाई कटान र बाढीबाट जोगाउन योजनालाई निरन्तरता दिनुपर्ने केसीले बताए । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट