२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

'पोखरा विमानस्थलको आयु लामो छ, अहिले नै आत्तिनुपर्ने अवस्था छैन' : रामेश्वर खनाल

शुक्रवार , पौष २६, २०८१

काठमाडौँ । उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका संयोजक रामेश्वर खनालले भारतसँग नेपाल सरकारले सहमति गर्न नसक्दा पोखरा विमानस्थल अन्तर्राष्ट्रिय उडान गर्न अझैपनि सक्षम नभएको बताएका छन् ।

सुनौलो नेपालले पोखरामा आयोजना गरेको ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ कार्यक्रमको पहिलो सत्रको 'पर्यटन, पोखरा विमानस्थल र राष्ट्रिय अर्थतन्त्र' प्यानल डिस्कसनमा आफनो धारणा राख्दै खनालले नेपाल सरकारकै राजनैतिक शक्ति प्रयोग गरेर मित्र राष्ट्र भारतसँग जुन किसिमले पहल गर्न पथ्र्यो त्यो पहल नगर्दा आज पोखरा विमानस्थल ओझेलमा परेको बताए ।

उनले भने- 'बाह्य पर्यटन ल्याउन सकेको भए पोखरा विमानस्थल सेतो हात्ति भयो भन्ने अनावश्यक चर्चा हुँदैन थियो होला । त्यसका लागि नेपाल सरकारकै राजनैतिक शक्ति प्रयागे गरे मित्र राष्ट्र भारतसँग जुन किसिमले पहल गर्न पथ्र्यो त्यो भएन ।'

सरकारले यस विषयलाई ध्यान दिए पोखरा विमानस्थल एक दिन त्रिभुवन विमानस्थल जस्तै परिचालन हुने विश्वास व्यक्त गरे । उत्तरबाट आउने उडानका लागि चिन सरकारसँग छलफल गर्नुपर्ने उनको भनाई थियो । उनले भने-  'उत्तरबाट आउने उडानका लागि चीन सरकारसँग छलफल गर्नुपर्छ । त्यसो गरेमा १३ वर्षमा कर्जा चुक्ता गर्न नसकेपनि यो गर्ने नहुने परियोजना थियो भन्ने भाष्य बाट हामी मुक्त्त हुने थियौ ।'

उनले पोखरा विमानस्थल १०/१५ वर्षमै सकिने परियोजना नभएको बताउँदै ५० नै वर्ष पछाडी गएर यसले पूर्णता पाएपनि नेपालका लागि घाटा नहुने तर्क गरे । उनले भने-  'यो आयोजना १०/१५ वर्षमा सकिने आयोजना हैन । यसको आयु निकै लामो छ । दीर्घकालीन लगानी भएकाले पछुताउनुपर्ने अवस्था छैन ।'

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट