२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

पोखरा विमानस्थल बरदान हो : अञ्जन श्रेष्ठ

शुक्रवार , पौष २६, २०८१

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले पोखरा विमानस्थल बरदान भएको बताएका छन् ।

सुनौलो नेपालद्वारा आयोजित प्यानल डिस्कसन कार्यक्रम ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ अन्तर्गत पोखरामा पर्यटनका थप सम्भावना शीर्षकमा बोल्दै उनले पोखरा विमानस्थल २१ अर्ब ऋणको बोझ नभई बरदान भएको बताएका हुन् । उनले भने- 'पोखरा विमानस्थल बरदान हो, २१ अर्ब ऋणको बोझ हैन ।'

उनले पर्यटन क्षेत्रलाई उद्योग सरह मान्यता दिनुपर्नेमा जोड दिए । पर्यटन क्षेत्र शशक्त क्षेत्र रहेको बताउँदै पर्यटन क्षेत्रलाई प्राथमितका राखेर अर्थतन्त्र चलायमान बनाउनुपर्ने बताए । त्यसकालाई उद्योग वाणिज्य महासंघ सधै सहयोग गर्न तयार रहेको उनको भनाई थियो ।

उनले निजी क्षेत्रले सम्भावनाको पनि खोजि गर्ने बताउँदै भने- 'निजी क्षेत्रले सधै अवसर मात्र खोज्दैन सम्भावनाको पनि खोजि गरेर अघि बढ्छ ।'

उनले पर्यटन क्षेत्रमा प्रचुर सम्भावना रहेको बताउँदै विमानस्थले पोखरामा नयाँ अवसरहरु सिर्जना गरेको धारणा राखे । उनले पोखरालाई मुख्य गन्तव्य बनाउने अवसर धेरै रहेको बताउँदै एड्भान्चर ट्रिजाममा नयाँ सम्भावना देखिएकाले यस क्षेत्रको खोजिमा लाग्नु पर्ने बताए ।

उनले पोखरा विमानस्थलाई सबै डोमेस्टीक विमानस्थलसँग जोड्न सकेमा धेरै फाइदा हुने बताए । सिधै पोखरा आउन नसकेको पर्यटकलाई डोमेस्टीक टु डोमेस्टीक उडानबाट तान्न सकिने उनको भनाई थियो ।

उनले पोखाराका पर्यटन व्यवसायी बजारीकरणमा लाग्न आग्रह गरे । उनले भने- 'पोखरा र भैरहवा विमानस्थलका लागि बजारीकरण गर्न कन्जुसाई नगरौँ ।'

उनले पोखरामा पर्यटक तान्न उडानदेखि होटल व्यवसायीले समेत विभिन्न प्याकेजका अफर ल्याउनुपर्ने बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट