२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

पोखराबाट अन्तर्राष्ट्रिय उडान गरेमा हामी जहाज भर्न तयार छौँ : पर्यटन व्यवसायी श्रेष्ठ

शुक्रवार , पौष २६, २०८१

काठमाडौ । पर्यटन व्यवसायी पोम नारायाण श्रेष्ठले पश्चिमा देशबाट आउने हवाई भाडा महंगो हुँदा नेपाल आउने पर्यटक अन्य देशमा मोडिएको बताएका छन् ।

सुनौलो नेपालद्वारा आयोजित प्यानल डिस्कसन कार्यक्रम ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ अन्तर्गत पोखरामा पर्यटनका थप सम्भावना शीर्षकमा बोल्दै उनले धेरै भन्दा धेरै छिमेकी पर्यटक नेपाल ल्याउन नेपाल सरकारले भाडादरमा पुर्नविाचार गर्नुपर्ने बताए । उनले भने- 'पश्चिमा देशबाट नेपाल आउने भाडादर ४ गुणासम्म बृद्धि भएको छ । जसका काराण यहाँ आउने पर्यटक हामीले ल्याउन सकिरहेका छैनौं ।'

भारतीय पर्यटकले नै नेपालको पर्यटन क्षेत्र धानी रहेको बताउँदै श्रेष्ठले आवागमनका लागि सहज वातावरण बनाउनुपर्ने बताए । उनले सडक सञ्जालको अवस्था सहज भएमा सोचेभन्दा धेरै भारतीय पर्यटक नेपाल आउने धारणा राखे ।

उनले सरकारले पोखराबाट कुनैपनि देशका लागि नेपाल एयरलाईन्स वा अन्य कुनै आफ्नै ध्वजवहाक विमानबाट कम्तीमा हप्तामा २ वटा सम्म उडान गरेमा जहाज भरेर पठाउने जिम्मा पोखराका पर्यटन व्यवसायीले लिने बताए । उनले भने- 'कम्तीमा हप्तामा दुई वटा सम्म पोखराबाट अन्तर्राष्ट्रिय उडान गरेमा हामी त्यो जहाज भरेर पठाउन तयार छौँ ।'

सातै प्रदेशमा हवाई कनेक्टीभिटी बनाउनुपर्नेमा उनले जोड दिए । पोखरा गण्डकी पर्यटनको मुल ढोका भएको बताउँदै श्रेष्ठले गण्डकीलाई हिमाल चढ्ने प्रमुख गन्तव्यको रुपमा विकास गर्न सकिने धारणा राखे ।

उनले पर्यटन बोर्डले बजेट निर्माण कार्यमा भन्दा पनि पर्यटन प्रवर्दनको क्षेत्रमा खर्च गर्नुपर्ने बताए । उनले भने- 'बोर्डले बजेट पर्यटन प्रवर्दनमा खर्च गर्नुपर्छ निर्माण कार्यमा हैन । निर्माणका काम गर्न प्रदेश सरकार र महानगरपालिकाहरु छदै छन् त ।'

सबै क्षेत्रको हातेमालो भएमा गण्डकीमा २० लाख पर्यटक भित्राउन गाह्रो नभएको उनले बताए । श्रेष्ठले सरकारले कुरामा मात्र नभई बजेटमा पनि पर्यटन क्षेत्रलाई महत्व दिनुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट