logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • आउँदो ८ वर्षमा तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल ‘स्याचुरेट’ हुन्छन्, त्यसपछि के गर्ने ?

    आउँदो ८ वर्षमा तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल ‘स्याचुरेट’ हुन्छन्, त्यसपछि के गर्ने ?

    1.3K
    Shares
    आउँदो ८ वर्षमा तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल ‘स्याचुरेट’ हुन्छन्, त्यसपछि के गर्ने ?

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको परिकल्पना जसले गर्नुभयो उहाँहरुलाई हृदयदेखि धन्यवाद दिन चाहान्छु । २०३८ सालदेखि जग्गा अधिग्रहणको कार्य प्रारम्भ हुँदै दोस्रो चरणको काम २०७० सालदेखि पुनः थालियो ।

    पहिला अन्तर्राष्ट्रिय मापदण्डअनुसारको जग्गा लिइएको थिएन । जब अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भयो, त्यसपछि मापदण्ड पूरा गर्न थप जग्गा अधिग्रहण गरिएको हो । त्यसपछि विमानस्थल निर्माण सुरु भयो । त्यो बेलामा जग्गा अधिग्रहण र समग्र निर्माण सहजीकरणका लागि सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सहयोग समिति गठन गरेको थियो ।

    त्यसका संयोजक पूर्व मन्त्री, सांसदहरु र मैले दाइ भनेर बोलाउने रविन्द्र अधिकारीलाई पनि धेरै स्मरण गर्न चाहन्छु । त्यो समितिमा बसेर यो अवस्थामा ल्याइपुर्याउने सबैलाई धन्यवाद दिन चाहान्छु ।

    विशेषतः पूर्व मन्त्री यज्ञबहादुर थापा, रविन्द्र दाइ र म लगायत थियौँ । उहाँहरुले खेल्नुभएको भूमिका कति भन्न मिल्छ, कति नमिल्ला । तर, यो सुखद परिणामको लागि थियो । यदि यो जग्गा अधिग्रहण नसकिएको भए यो विमानस्थल बनाउन सकिने अवस्था थिएन ।

    पोखरा विमानस्थलका बारेमा भ्रमहरु धेरै छन् जुन अहिले पनि यथावत् छ । यो आयोजना सुरुवात गर्दा पोखरेलीहरुले आन्दोलन गरे । उहाँहरु आन्दोलनका लागि काठमाडौंसम्म जानुभयो । पोखरा विमानस्थल सेतो हात्ती हुने भयो भन्ने तर्कहरु पनि सँगसँगै थिए । त्यसकारण विमानस्थलबारे भ्रम अहिलेसम्म पनि छ । अहिले पनि यसका विषयमा अनेकन नकारात्मक टिकाटिप्पणी हुँदै आएका छन् ।

    पोखरा विमानस्थलका बारेमा भ्रमहरु धेरै छन् जुन अहिले पनि यथावत् छ । यो आयोजना सुरुवात गर्दा पोखरेलीहरुले आन्दोलन गरे । उहाँहरु आन्दोलनका लागि काठमाडौंसम्म जानुभयो । पोखरा विमानस्थल सेतो हात्ती हुने भयो भन्ने तर्कहरु पनि सँगसँगै थिए । त्यसकारण विमानस्थलबारे भ्रम अहिलेसम्म पनि छ । अहिले पनि यसका विषयमा अनेकन नकारात्मक टिकाटिप्पणी हुँदै आएका छन् ।

    सन् २०१२ मा सरकारले इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट (इपिसी) मोडलमा विमानस्थल बनाउने निर्णय गरेको हो । सन् २०१४ मा चीनसँग २२ अर्ब रुपैयाँको खरिद सम्झौता भयो । त्यसको दुई वर्षपछि केपी शर्मा ओली प्रधानमन्त्री भएको बेलामा चीन सरकारसँग ऋण सम्झौता भयो । विमानस्थल निर्माण सन् २०१७ मा सुरु भयो । सन् २०१२ मा सुरु भएको बोलपत्र प्रक्रिया काम सुरु हुँदा २०१७ पुग्यो ।

    हाम्रो खरिद प्रणाली, प्रक्रिया कति लामो छ र यसले आयोजनालाई कसरी डोहर्याउछ भन्ने उदाहरण पोखरा विमानस्थल हुनसक्छ । यदि कोभिड महामारी नभएको भए यो आयोजना दिएको समय सीमाभन्दा एक वर्ष अगाडि सकिने थियो । महामारी हुँदा पनि दिएको समय सीमा भित्रै सकियो ।

    त्यसकारण नेपालको राष्ट्रिय गौरवको आयोजनाहरु मध्ये समयमा सम्पन्न हुने आयोजना भनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल मात्रै हो । त्यसपछि सकिएको राष्ट्रिय गौरवको आयोजना भनेको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल हो । अन्य राष्ट्रिय गौरवका आयोजनाहरु अझै पनि चालु अवस्थामा छन् । यसबाट पनि नेपालको विकासको अवस्था प्रष्ट हुन्छ ।

    मेरो बुझाईमा विकास भनेको दुई वटा ‘एप्रोच’मा हुन्छ । एउटा होलदेखि पार्टमा जाने र अर्को पार्टदेखि होलमा जाने । अहिले हामीले पार्ट पार्टको कुरा गरिरहेका छौँ, यो अनवरत हो । जे कुरा हामीले गरिरहेका छौँ पार्ट टू होल हो यसले सप्लिमेन्ट गरिराखेको छ, यो अनवरत हो । तर, विकास र अर्थतन्त्रलाई वास्तवमै उचाल्ने हो भने होल टू पार्ट एप्रोचमा जानुपर्छ ।

    यसमा ठूला आयोजनाहरु आउनु पर्छ । त्यसले रोजगारी सिर्जना गर्छ र विकासका अनेक ढोकाहरु र अनेक आयामहरु खोल्छ । पोखरा विमानस्थलले आज खोलेको सम्भावनाका ढोकाहरु अनगिन्ती छन् । हिजो विमानस्थल घाम अस्ताएपछि बन्द हुन्थ्यो, आज पोखरा राति पनि खुल्यो, यसले अन्य आर्थिक गतिविधिहरु पनि बढायो । यो भनेको यातायातको मोड हो ।

    नेपालमा हामीसँग जम्मा दुईवटा मात्र यातायात मोड छ, एउटा भूमि यातायात (ल्याण्ड ट्रान्सपोर्ट) अर्को वायुसेवा (एयर ट्रान्सपोर्ट) । हाम्रो दुर्भाग्य ! वाटर ट्रान्सपोर्टको सम्भावना छैन । यदि त्यो सम्भावना भएको भए हाम्रो देश कति माथि जान्थ्यो होला, यो छलफलको विषय हुनसक्छ । तर, यो मोड अफ ट्रान्सपोर्ट हो, यसले पर्यटनको मात्र वृद्धि गर्छ भन्ने सोच गलत हो ।

    नागरिक उड्डयन भनेको पर्यटन हो र पर्यटन भनेको नागरिक उड्डयन हो भन्ने सोच नै गलत हो । नागरिक उड्डयन यस्तो मोड अफ ट्रान्सपोर्ट हो, यसले सम्पूर्ण अर्थतन्त्रको इन्जिनको रुपमा काम गर्छ । पूर्वाधार निर्माण गर्न अहिले हामी वातावरण, भूमि सुधार, प्रमुख जिल्ला अधिकारीदेखि कति कार्यालय दौडिन पर्ने हो ? एउटा विकास गर्न कति वटा एजेन्सीलाई समातेर हिँड्नुपर्ने हो त ?

    अहिले रोड गएको ठाउँमा एयरपोर्ट बनाइराखेका छौँ । सायद एउटै मन्त्रालय भए समन्वय हुने थियो । त्यसैले नागरिक उड्डयन भनेको एउटा इन्जिन हो । यसको वृद्धि र ट्राफिक कति आउँछ भन्ने कुरा देशको कुल ग्राहस्र्थ उत्पादन (जिडिपी) सँग भर पर्छ । हाम्रो जिडिपीको अंगहरु कति चलायमान छन्, त्यो अनुसार हाम्रो हवाई यात्रु बढ्छ ।

    जिडिपीमा योगदान दिएको पर्यटनलाई नागरिक उड्डयनमा लगेर मात्र जोड्ने हो भने त्यो सुत्र नै गलत भयो, हिसाब कसरी मिल्छ ? हामीले यसलाई छुट्याएर हेर्नुपर्छ ।

    पोखरा विमानस्थलका बारेमा अहिलेसम्म अनवरत भ्रम छरिएको छ । यो एयरपोर्ट ठीक छ है भनेर प्रवद्र्धन उडान गर्नुपर्ने हो त हामीले ? कहाँ पुर्यायो त हामीलाई राज्यले, वातावरणले ? यो गर्नुपर्ने विषय नै होइन नि ! गर्वका साथ हामीले प्रवद्र्धन उडान गर्यौँ, कुन लटमा जहाज चल्छ भनेर बाहिर भन्दै हिँड्ने विषय हो यो ? यि भ्रम सिर्जना गर्ने मान्छ कहाँबाट सिर्जना भए ?

    नागरिक उड्डयन प्राधिकरणले चार सय कमाउने विमानस्थलदेखि लिएर १४ अर्ब रुपैयाँ कमाउने विमानस्थल बाकेर बसेको छ । दुर्गमको कुनै पनि विमानस्थल नाफामा छैन । हामीले त्यहाँको काम गर्ने कर्मचारीको तलब पनि त्यहीँको कमाईले दिन सकेका छैनौँ । तर, ती विमानस्थल बन्द भयो भने राज्यसँगको सम्बन्ध नै टुट्छ ।

    जनताले खोप पाउँदैनन्, स्कुल जानेले किताब पाउँदैन, प्रहरीले बर्दी पाउँदैन, निर्वाचन गराउन मतपत्र पाउँदैन र बिरामीले सिटामोल पाउँदैन । सबै विमानस्थल नाफामा मात्र चलाउनु पर्छ भन्ने हो भने बन्द हुन्छ । यसमा राज्यको दायित्व छ नि !

    हिजो चौरजाहारी एयरपोर्ट किन बनाको भन्ने मान्छेले जाजरकोटमा भुइँचालो जाँदा त्यो एयरपोर्ट नभएको भए त्यहाँ राहत पुग्थ्यो नत सरकार पुग्थ्यो । आगो त सधैँ लाग्दैन नि, दमकल किन राख्नुपर्यो ? तर, राज्य त्योसम्म पनि तयार हुनुपर्छ । पहाडको डाँडामा ६ सय मिटर पिच भएको छ, के नै खर्च भएको छ ? तराईका विमानस्थल हेर्ने हो भने सबै विमानस्थल पहिले २९ सिटे जहाजका लागि निर्माण भएको हो ।

    आज ७२/८० सिटको जहाज उडिरहेको अवस्था छ । विमानस्थल हिजोका दिन ४ बजे बन्द हुन्थ्यो, आज ओभर नाईट चलिरहेको छ । नयाँ नयाँ प्रविधिहरु भित्रिएको छ । एयरपोर्ट भनेको एयरपोर्ट जस्तो देखिन पर्यो नि होइन ? यो अन्तर्राष्ट्रिय बिजनेस हो । बिजुली गयो, बाटो खाल्टो पर्यो र टेलिफोन सेवा बन्द भयो भने कुनै चर्चाको विषय बन्दैन ।

    तर, एयरपोर्टको धावन मार्गमा प्वाल परोस् यो अन्तर्राष्ट्रिय समाचारको विषय बन्छ । भनेपछि अन्तर्राष्ट्रिय मापदण्डअनुसार चल्नुपर्छ, त्यही अनुसारको पूर्वाधारहरु बनाउनु पर्छ । यहाँ त पूर्वाधार निर्माणमा यति धेरै पूर्वाग्रह छ कि सूचना निकालेको भोलिपल्ट ठेक्का रकम भन्दा बढीको भ्रष्टचार देखिन्छ । फुटबलमा खेलाडी २२ जना हुन्छ, तर रेफ्री २५ जना भएको देश हो नेपाल । आयोजक हेरेको हेरै हुन्छ, रेफ्री सिठ्ठी बजाको बजै छ, गोल नै हुँदैन, खेल्न दिए पो गोल हुन्छ ।

    वार्षिक १० प्रतिशत हवाई यात्रु बढेको छ । भन्नुको अर्थ प्रत्येक वर्ष ७ देखि ८ लाखसम्म हवाई यात्रुहरु बढेको देखिन्छ । काठमाडौं विमानस्थलको क्षमता ९० लाख । त्यो क्षमता त यही वर्ष पुग्यो । अब हरेक वर्ष बढेको त्यो ९ लाख हवाई यात्रु कहाँबाट उडान अवतरण हुन्छ त ? यदि भैरहवा र पोखरा विमानस्थल नभएको भए दुर्भाग्यवस हाम्रो देश ‘ल्याण्डलकबाट एयरलक’ हुन्थ्यो । पूर्वाधार भनेको देशको ‘लाइफलाइन’ हो ।

    वार्षिक १० प्रतिशत हवाई यात्रु बढेको छ । भन्नुको अर्थ प्रत्येक वर्ष ७ देखि ८ लाखसम्म हवाई यात्रुहरु बढेको देखिन्छ । काठमाडौं विमानस्थलको क्षमता ९० लाख । त्यो क्षमता त यही वर्ष पुग्यो । अब हरेक वर्ष बढेको त्यो ९ लाख हवाई यात्रु कहाँबाट उडान अवतरण हुन्छ त ? यदि भैरहवा र पोखरा विमानस्थल नभएको भए दुर्भाग्यवस हाम्रो देश ‘ल्याण्डलकबाट एयरलक’ हुन्थ्यो । पूर्वाधार भनेको देशको ‘लाइफलाइन’ हो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) बनाउने इन्जिनियरको पनाती पुस्ता छ, तर त्यसको विस्तार अहिले पनि भइराखेको छ भने पोखरा आजको भोलि कसरी चल्छ ? २०१९ मा कोभिड आएपछि संसारभर सबैभन्दा असर परेको क्षेत्र भनेको एभियसन हो । त्यो असरको रिकभर २०२६ को आधा आधिमा गर्छौँ भन्ने छ । संसारमा नभएको काम पोखरामा हुन्छ र ? ट्राफिक ग्रोथ नै भएको छैन ।

    कोभिड १९ अगाडिको अवस्थामा हामी पुगेकै छैनौँ अनि पोखरामा अहिले नै चाहियो भनेर हुन्छ ? देशको जिडिपी तीन प्रतिशत हारहारीमा छ भने लाखौँ यात्रुको आशा गरेर हुन्छ ? अर्को वर्षदेखि बढेको यात्रुलाई काठमाडौंमा अवतरण गर्न अनुमति नै दिन सक्दैनौं भने पोखरा कि भैरहवा जानुपर्ने अवस्था छ । त्यसैले अब दुई वर्ष धैर्य गरौँ ।

    हैन अहिले नै चाहियो भने राज्यले ट्राफिक रेगुलेट गर्नुपर्छ । हरेक राज्यले ट्राफिक रेगुलेट गर्छ । जस्तो टर्कीले अहिले नयाँ विमानस्थल बनायो, उसले राजधानी नजिकको एयरपोर्टमा लो कस्ट क्यारिअर फ्लाईट, ट्रान्जिट फ्लाईट, कार्गो फ्लाईट उसको पुरानो एयरपोर्टमा आउनै दिएको छैन । सबैलाई उसले नयाँमा पुर्याइदियो । अहिले उसले वार्षिक १५ करोड यात्रु ह्याण्डिल गरिरहेको छ । हामीले गरौँ न त ।

    तराईका धेरै दाजुभाइ दिदीबहिनी श्रमका लागि काठमाडौं जानुहुन्छ, काठमाडौं यसै पनि महंगो सहर हो । राहदानी एकतिर, तालिम अर्को ठाउँमा छ, बिमा अर्कै ठाउँमा छ । ती गरिबका छोराछोरीलाई कहिले यता कहिले उता जाऊ भनेको छ । रेमिट्यान्सले देश चलेको छ भन्ने अनि जाने मान्छेहरुलाई यता र उता भनेर पीडा दिइराखेका छौं ।

    भैरहवा विमानस्थल तपाईको लागि भनौं न तपाईको घरबाट उड्ने, तपाईको घरमै आउने, तपाई कहीँ जान पर्दैन । भैरहवाको पाँच सय मिटर वरिपरी सबै सुविधा हुन्छ, भनौँ न त ! त्यो किन नभन्ने ? यो भनेको भोलिपल्टदेखि भैरहवा विमानस्थल त चल्यो नि !

    पोखराको हकमा यो एयरपोर्ट भनेको लिमिटेड एयरपोर्ट हो । संसारका सबै एयरपोर्टमा केही न केही अवरोधहरु छ, काठमाडौंमा पनि छ । तीन घण्टाका फ्लाइटहरु यहाँ ल्याऔँ । टिआइएको केही प्रतिशत फ्लाईटहरु यहाँबाट चलाऔँ, पोखरा विमानस्थल भोलिदेखि चल्छ । टिआइए बनाउन १० घण्टा बन्द गरियो, बनाउनेको विकल्प खोजे पर्यटनमा असर पर्यो भन्छौँ ।

    पाँच महिना पनि धैर्य छैन, निजी क्षेत्रलाई धैर्य हुनुपर्यो नि ! पर्यटक बढ्यो भने फाइदा कसलाई हुन्छ त ? काठमाडौं एयरपोर्ट बन्द गर्दा पर्यटनमा असर गर्यो पनि भन्ने, यसको मतलब राज्यले सबै काठमाडौंमा आऊ भनेको हो नि ! अनि फेरि पोखरा विमानस्थल पनि चलेन भने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) जिम्मेवार छैन भनेपछि यसको अर्थ के भयो ? प्रत्यक्ष सम्बन्ध जिडिपिमा छ, पर्यटनको योगदान दुई प्रतिशत छ । बाँकी ९८ प्रतिशतले पो चल्न पर्यो ।

    त्यहाँ बनाउन पनि पाइएन, पर्यटनलाई असर गर्यो यता पोखरा पनि चलेन भन्ने, दुई वटै कुरा एकसाथ त हुँदैन नि ! केही समय धैर्य गरौँ, यही वर्षदेखि काठमाडौंमा नयाँ फ्लाइट दिन सकिँदैन, किनभने ९० लाख पुगिसक्यो । होइन भने, भैरहवा र पोखराको हकमा के गर्ने भनेर पोलिसि निर्णय गरौँ । तीन वटै एयरपोर्ट चल्छ । राज्यको लागि त तीन वटै बराबर हो भने क्यानको लागि पनि बराबर हो ।

    जहाँबाट पैसा तिरे पनि क्यानको खातामा पैसा आउँछ । यसलाई उल्ट्याएर हेर्ने हो भने पनि त्यो ट्राफिक त काठमाडौं आएको छ । पोखराबाट बुद्ध एयर, यति एयर, श्री एयरका जहाज चढेर यात्रु आएका छन् । यसबाट अन्तरसम्बन्ध पनि भइराखेको छ । डाइरेक्ट फ्लाइट भएन भन्ने हो, तर पोखराले प्रतिफल पाइरहेको छ ।

    त्यसैले, पोखराको विषयमा हामीले गर्नुपर्ने भनेको यसलाई संस्थागत र सुरक्षित गर्दै लाभ लिने हो र चलाउने नीतिगत निर्णय गर्ने हो । अझै पनि त्यति धेरै आत्तिनु पर्ने अवस्था छैन, किनभने यसको क्षमता १५ लाख हो, अहिले पनि १० लाख त नाघिसक्यो । पोखराको हकमा अन्तर्राष्ट्रिय उडान हुन्छ, धेरै चिन्ता गर्नुपर्ने अवस्था छैन ।

    हवाई भाडा किन बढ्यो भनेर मलाई भन्नुको सट्टा नीति निर्माताहरुलाई भन्नुपर्यो । कहिले काही राज्यले एउटा कुरा देखाए पनि आफ्नो भविष्यको बारेमा धेरै कुरा सोचेको हुन्छ । जस्तो अहिले काठमाडौं विमानस्थल १० घण्टा बन्द भयो । सबै फ्लाईट काटियो, तर नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सको फ्लाइट काटेनौँ ।

    किनभने यिनीहरुले यहाँ कमाएनन् भने त टिक्न गाह्रो हुन्छ नि ! आफ्नो आधारभूत क्यारिअरको राज्यले सुरक्षा गरेकै हुन्छ । कोरियनको हकमा देखाउन जे भए पनि उसले आफ्नो क्यारिअरको सुरक्षा गरेको हो । यो भनेको बिजनेस मोटिभ हो । अन्त्यमा, यी तीनै वटा विमानस्थलहरु चलिराख्दा हामीसँग काठमाडौं विमानस्थलको १५ अर्ब ऋण छ ।

    पोखराको २२ अर्ब र भैरहवाको ६/७ अर्ब गरेर ४० अर्ब ऋणमा छौँ । तर, प्राधिकरण यी तीनै वटा विमानस्थलको ऋण समयमा नै भुक्तानी गर्न सक्षम छ र तिर्छ । हामी समग्रमा हेर्छौँ, त्यसैले धेरै चिन्ता गर्नु पर्दैन । मज्जाले अन्तर्राष्ट्रिय स्तरको सुविधा प्रयोग गर्नुस्, ऋण हामी तिर्छौँ । यत्रो काम गरियो, तर हल्ला कहिल्यै गरिएन, चुपचाप काम गरेको हुनाले भ्रम बढि भयो । यो/यो भएको हो भनेर भन्नु पर्ने रहेछ ।

    पोखराको २२ अर्ब र भैरहवाको ६/७ अर्ब गरेर ४० अर्ब ऋणमा छौँ । तर, प्राधिकरण यी तीनै वटा विमानस्थलको ऋण समयमा नै भुक्तानी गर्न सक्षम छ र तिर्छ । हामी समग्रमा हेर्छौँ, त्यसैले धेरै चिन्ता गर्नु पर्दैन । मज्जाले अन्तर्राष्ट्रिय स्तरको सुविधा प्रयोग गर्नुस्, ऋण हामी तिर्छौँ ।

    आज पोखराको ऋण तिर्न सक्दिन भनेर क्यानले भनेको भए सरकार तिर्नु पथ्र्यो, त्यसैले जिम्मेवार छ क्यान । वार्षिक दुई अर्ब रुपैयाँ ऋण क्यानले तिरिरहेको छ । यहाँ मात्र होइन दुर्गमको, घाटाको हरेक विमानस्थल क्यानले चलाइराखेको छ । अरु विमानस्थल पनि चलेका छैनन् किनभने हाम्रोमा नीति नै सन्तुलित छैन । राष्ट्रिय योजना आयोगले १६ औँ योजना लेख्ने बेलामा मलाई पनि बोलाइएको थियो ।

    मैले तपाईहरुको पोलिसिले लेखेकै दिनमा फेल खान्छ भन्देको थिएँ । कसरी फेल खान्छ भने ६० लाख पर्यटक ल्याउने भन्ने अनि निजगढ विमानस्थल चाहिँ नबनाउने । काठमाडौंको ९० लाख, पोखराको १५ लाख, भैरहवाको ३० लाख गरेर कूल एक करोड ४५ लाख हो हाम्रो क्षमता ।

    अहिले हामी ९० लाखमा छौं । सात लाखको दरले हिसाब गर्ने हो भने अबको ८ वर्षमा तीन वटै विमानस्थल ‘स्याचुरेट’ हुन्छ । त्यसपछि के गर्ने ? सन् २०३२ मा हाम्रा सबै एयरपोर्ट स्याचुरेट हुँदै छ भन्ने थाहा हुँदा हुँदै राज्य स्थिर बस्न सक्छ ? निजगढ बनाउन नलेख्ने अनि पर्यटक ६० लाख लेखेर नीति बनाएकै दिन फेल खायो । १६ औँ योजनामा त्यो लेखेको छ, त्यो फेल पनि भइसक्यो ।

    सरकारले ४० वटा विमानस्थलहरु १५औँ योजनासम्ममा कालोपत्रे गरिने भनेर राम्रो योजना लेखेको हो, तर सँगसँगै जहाज थप गर्छु भनेर लेख्नै बिर्सियो । एभियसन सिस्टम भनेको त एयरपोर्ट, एयर क्राफ्ट, एयर रुट तीन वटै हो । एयरपोर्ट थप्ने अनि एयरक्राफ्ट बिर्सिने गरेकाले नै नचलेको हो ।

    नीति सन्तुलित गर्दिएको भए कुनै पनि विमानस्थल सेतो हात्ति भनेर भन्नै पर्थेन । त्यसैले यी सबै कुरा बुझेर नीति बनाउनु पर्छ ।

    पोखराको प्रमोटका लागि हामीले धेरै गरिराखेका छौँ । हामीले पार्किङ गर्ने जहाजहरु धेरै जसो पोखरा नै पठाइराखेका छौँ । मे महिनामा एसिया प्यासिफिक रिजनका ४२ देशका विज्ञहरु आउँदैछन्, त्यो सम्मेलन पनि हामीले पोखरामा नै गर्न लागेका छौं ।

    (सुनौलो नेपालले पोखरामा आयोजना गरेको ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ विषयक डिस्कन कार्यक्रमलाई नेपाल नागरिक उड्यन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले गरेको सम्बोधनको सम्पादित अंश)

    हेर्नुहोस् भिडियो :

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend