logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • अनिश्चितकालका लागि नेपाली राजदूतावास यूएईको कन्सुलर सेवा बन्द 

    अनिश्चितकालका लागि नेपाली राजदूतावास यूएईको कन्सुलर सेवा बन्द 

    8.1K
    Shares

    काठमाडौं । नेपाली राजदूतावास यूएईले अनिश्चितकालका लागि कन्सुलर सेवा बन्द गराएको छ । सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कम आउने कर्मचारीहरुमा कोभिड १९ को संक्रमण पुष्टि भएसँगै दूतावासले कन्सुर सेवा बन्द गराएको हो ।

    मंगलबारदेखि राहदानी, यात्रा अनुमति, भिसा, अधिकृत वारिसनामा, मागपत्रप्रमाणिकरण लगायत अन्य कागजात प्रमाणिकरणको काम अनिश्चितकालका लागि बन्द गरेको दूतावासले जनाएको छ । 

    दूतावासले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यही माघ ६ गते अर्थात् मंगलबारदेखि सेवा बन्द रहने सूचना दिएको हो । दूतावासले कति जना कर्मचारीमा कोरोना संक्रमण भएको हो भन्ने विज्ञप्तिमा उल्लेख गरेको छैन ।  तर अत्यन्त जरुरी एवं भौतिक उपस्थितिबिना लिन सकिने सेवाहरु भने यथावत रुपमा प्रदान गरिने दूतावासले उल्लेख गरेको छ ।

    अत्यावश्यक कामका लागि दूतावासमा ०२६३४४३८५ नम्बरमा फोन गरेर या [email protected] मा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ । 

    press note.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend