logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • डेनमार्कका राजदूत प्रा. डा.राय र नेपाली व्यवसायी संघबिच भेटवार्ता

    डेनमार्कका राजदूत प्रा. डा.राय र नेपाली व्यवसायी संघबिच भेटवार्ता

    2.4K
    Shares
    डेनमार्कका राजदूत प्रा. डा.राय र नेपाली व्यवसायी संघबिच भेटवार्ता

    कोपनह्यागन । डेनमार्कका राजदूत प्रा. डा. रामस्वार्थ रायले डेनमार्कमा व्यवसाय गरी रहेका नेपाली व्यवसायीहरुको संगठन नेपाली व्यवसायी संघसंग भेटवार्ता गरेका छ्न ।

    राजदूत रायले संस्थाका अध्यक्ष मिलन टि. श्रेष्ठ उर्फ (पर्वते माईलो) को नेतृत्वमा रहेको व्यवसायी टोलीसंग विशेष भेटघाट गरेका हुन ।

    सो भेटघाटका क्रममा राजदुत रायसंग ब्यवसायीले संस्थाको स्थापना, कार्यसमितिको परिचय , सस्थाको उद्देस्य र संस्थाले भविस्यमा राजदुतावाससँग गर्न सक्ने सहकार्य लगायतका विषयमा छलफल गरेको गरेको संस्थाका उपाध्यक्ष शशी श्रेष्ठले सुनौलो नेपाललाई जानकारी दिए ।

    लामो समयदेखि व्यवसाय गरिरहेका र उच्च शिक्षा अध्ययनकालागि डेनमार्क आएका बिद्यार्थीहरुले आफुले सिकेका बिभिन्न बिषयको ज्ञान सिप र पुजीलाई ब्यवसायमा रुपान्तरण गरी सकेकाले अब नेपाल र नेपालीलाई डेनमार्कको बजारमा कसरी परिचित गराउने भन्ने बिषयमा लेखा निरिक्षक नविन पौडेलले राजदुत रायलाई जानकारी गराएका थिए ।

    सस्थाले आगामी दिनमा नेपाली दुतावाससंग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्दै नेपाली व्यवसायी संघ डेनमार्क बिशुद्ध नेपाली व्यवसायीहरुको संस्था भएकोले एक आपसमा सहयोग र सेवा भावको उदेश्यले सुरुवात गरिएकोले डेनमार्कमा व्यवसाय गरी रहँदा आफुले भोगेका समस्या, आफ्नो अनुभब एक आपसमा साटासाट गरि अगाडी बढ्ने र एक अर्कोलाई सहज होस भनेर संस्था अगाडी बढिरहेको संस्थाका सचिव कृष्ण अधिकारीले बताए ।

    त्यस्तै दुतावाससंग सहकार्य गर्दै अगाडि बढ्दा नेपाल र नेपालीको लागि हुने फाईदाका बारेमा कोषाधक्ष कुलराजले प्रष्ट पारेका थिए ।

    नेपाल र नेपाली वजारले डेनमार्कमा आपसी सद्भाव बढाउनुका साथै आफ्ना अनुभव आदन प्रदान गर्ने एउटै उद्देश्य बोकेका व्यक्तिहरुको साँझा भेटघाट गर्ने अवसर प्रदान गर्ने नयाँ अवधारणाका साथ व्यावसायमा संलग्न हुन चाहाने व्यक्तिहरुलाई प्रोत्साहान गर्ने, सामुहिक हकहितका लागि व्यापारीक साझेदारहरुसंग वार्गेनिङ पावर वृद्धि गर्ने , डेनर्माकमा नेपालीको फरक पहिचान स्थापित गर्न नेपालीहरु एक हुनुको बिकल्प नरहेको अध्यक्ष मिलन टि श्रेष्ठले जनाए ।

    राजदुत रायसंगको भेटघाट कार्यक्रमा नेपाली व्यवसायी संघ डेनर्माकका अध्यक्ष मिलन टि. श्रेष्ठ, उपाध्यक्ष शशी श्रेष्ठ, सचिव, कृष्ण अधिकारी, कोषाध्यक्ष कुलराज शर्मा सदस्यहरु योगेश भट्टराई, प्रकाश विष्ट तथा लेखा निरिक्षक नविन पौडेलको उपस्थिति रहेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend