मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

सुनको मूल्य तोलामा १ लाख ६० हजार पुग्यो

सुनको मूल्य तोलामा १ लाख ६० हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको मूल्य बढेको छ ।

बुधबार सुनको मूल्य प्रतितोला १९ सय रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

हिजो मंगलबार सुन १ लाख ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँ बढेर १ हजार ८ सय ९० रुपैयाँ पुगेको छ । मंगलबार चाँदी १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend