logo

२०८१ माघ १० बिहिबार

logo
  • बिहिबार, १० माघ २०८१
  • टोलटोलमा सडक कालोपत्र गर्दै बर्दिबास नगरपालिका

    टोलटोलमा सडक कालोपत्र गर्दै बर्दिबास नगरपालिका

    91
    Shares
    टोलटोलमा सडक कालोपत्र गर्दै बर्दिबास नगरपालिका

    जलेश्वर (महोत्तरी) । यहाँको बर्दिबास नगरपालिका– १० खयरमाराका स्थानीय रोशन लामा हिजोआज गाडी चढेर गाउँदेखि १५ मिनेटमा बर्दिबास पुग्छन् । १२ किलोमिटर दुरीमा रहेको बर्दिबास पुग्न पहिले एक घण्टा भन्दा बढी लाग्थ्यो ।

    बर्दिबास–५ चेरुका राम भण्डारीलाई पनि गाउँबाट बर्दिबास आउजाउ गर्न १० मिनेटमात्रै लाग्न थालेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा सडक कालोपत्र गरेपछि स्थानीयवासीलाई गाउँ सहर गर्न सजिलो भएको हो ।

    बर्दिबास नगरपालिकाले चालु आवमै २५ किलोमिटर सडक कालोपत्र गरेको छ । अझै पनि टोलटोलका सडकमा कालोपत्रे र ढलान गरिरहेको छ ।

    नगरभित्रका सडकहरु वषौँदेखि जीर्ण हुँदा हिलो र धुलोका समस्या भोग्दै आएकामा सडक पक्की भएपछि गाउँले हर्षित भएको बर्दिबास–३ की आशा तोलाङ्गेले बताइन् ।

    नगरपालिकाले चालु आवमा खयरमारा, पाटु, टुटेश्वर, गडन्ता, माईस्थान, किसाननगर, विजलपुरा जस्ता गाउँलाई कालोपत्र सडकसँग जोडेको छ ।

    भौगोलिक बनोटका कारण भौतिक विकास गर्न कठिनाई भइरहे पनि नगरपालिकाले निरन्तर पूर्वाधार निर्माण गरिरहेको नगर प्रमुख प्रल्हादकुमार क्षेत्रीले बताए ।

    उनले सडक कालोपत्र भएपछि स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन सहज भएको बताए । नगरपालिकाले १४ वटै वडाका सडकलाई धुलो र हिलोमुक्त बनाउने लक्ष्य लिएर काम गरिरहेको प्रमुख क्षेत्रीको भनाइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend