शुक्रबार, कार्तिक २८ २०८२

शुक्रबार, कार्तिक २८ २०८२

लोक तथा दोहोरी प्रतिष्ठानबाट पुर्णिमा तामाङ सम्मानित

लोक तथा दोहोरी प्रतिष्ठानबाट पुर्णिमा तामाङ सम्मानित

सुनौलो नेपाल – चर्चित गायिका पुर्णिमा तामाङ बिक्रम संवत २०५४ साल असोज २९ गते बुवा राम चन्द्र तामाङ्ग र आमा कान्छी माया तामाङ की कान्छी सुपुत्रीको रुपमा धादिङ्ग जिल्ला साविक बैरेनी गा .वि. स. हाल गल्छी गाउँ पालिका वडा नं ७ मा जन्मिएको हो ।

चर्चित गायिका पुर्णिमा तामाङ यतिबेला गित गाउन भ्याई नभ्याई छन भने बिभिन्न संघ संस्था बाट दैनिक सम्मानित भैरहेका छन । कलिलो उमेरमै चर्चित गायिका बन्न सफल भएका पुर्णिमा तामाङले झन्डै चार सय भन्दा बढी गीत गाईसकेका छन भने पुर्णिमाले गाएका हरेक गीत हरु करोड भ्युज सहित युटुबको टपटेन भित्र रहेका छन ।

141473866_2986590341569278_1436658379414282192_n.jpg

पुर्णिमाले गाएका फुल भनौ जिन्दगी लाई, तिम्रो एउटा झुटले, मुुटु जली खरानी भो, एक्लो भए म, तिमी बिन पागल भाछु, तिम्रो मनमा जस्ता दर्जनौ गितहरु दर्शकहरुले अत्याधिक रुचाएका थिए । आफुले गाएका गितहरु चर्चित भए पश्चात गायिका तामाङ्ग हङकङ, कोरिया, मलेसिया, दुबै, कतार, लगायत थुप्रै देशहरुमा दर्शकहरुमाझ आफनो प्रतक्ष प्रस्तुती दिई स्वदेश फर्किसकेका छन भने झन्डै आधा दर्जन भन्दा बढी उतकृष्ट गायिका बिधा बाट अवार्ड चुमिसकेका गायिका दैनिक जसो बिभिन्न संघ संस्था बाट दैनिक सम्मानित भैरहेका छन । \

यसैगरी राष्टिृय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रिय कार्यलय काठमान्डौको आज संपन्न २०औ वार्षिक साधारण सभाको अवसर पारी चर्चित गायिका पुर्णिमा तामाङ लाई राष्टिृय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रिय कार्यलय द्वारा मानार्थ सदस्यताका् प्रमाण सहित दोसाल्ला ओढाई सम्मानित गरिएको थियो । प्रतिष्ठान बाट सम्मानित भए पश्चात गायिका तामाङले अफुमाथी गीतसंगित क्षत्रमा अग्रसर हुन थप उर्जा मिलेको र गितसंगित क्षत्रमा निरन्तर अघि बढिरहने वचन ब्यत्त गर्नु भयो ।

कार्यक्रम्मा दोहा्री प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रमेस बि जी र वरिष्ठ गायिका तथा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष रिता थापा लगायत प्रतिष्ठानका भुतपुर्व अध्यक्ष हरु र थुप्रै कलाकार हरुको बाकलो उपस्थिती रहेको थियो ।

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend