२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

मिटरव्याज पीडितहरूले आर्थिक शोषणविरूद्ध जनजागरण अभियान चलाउने

शुक्रवार , माघ ११, २०८१

काठमाडौं । मिटरव्याज पीडितहरूले आर्थिक शोषणविरूद्ध जनजागरण अभियानको शुरुवात गर्ने घोषणा गरेका छन् ।

माघ १४ गते सोमबारदेखि यस अभियानको शुरुवात हुने मिटरव्याज विरूद्ध किसान मजदुर आन्दोलन नेपालले शुक्रबार जनकपुरधाममा एक पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

मिटरव्याज विरूद्ध किसान मजदुर आन्दोलन नेपालका केन्द्रिय अध्यक्ष अवधेश कुशवाहाले उक्त अभियानको शुरुवात जनकपुरधामबाट गर्न लागेको जानकारी दिए । मिटरव्याजको विरूद्ध आन्दोलनको बिस्तार गर्दै अगाडी बढाइने उनले बताए ।

उनले सरकारसँग तीन चरणको वार्ता भएपनि सम्झौताका विषयहरू कार्यान्वयन नगरी चौथो चरणको आन्दोलनको तयारी भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट